January 31, 2019

देशको चिन्ता कसैले लिनु पर्दैनः प्रधानमन्त्री ओली

 

प्रधानमन्त्री केपी शर्मा ओलीको लागि तस्बिर परिणाममाघ १७, दमक । प्रधानमन्त्री केपी शर्मा ओलीले देशकाे आवश्यक्ता पुरा गर्न सरकार जिम्मेवारीका साथ अगाडी बढेको बताएका छन् ।

झापाको दमक नगरपालिकाले आजदेखि आयोजना गरेको पाँचदिने प्रदेशस्तरीय बृहत् बाल महोत्सवको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले देशको साझा लक्ष्य प्राप्तिका लागि कसैले बाधक बन्न नहुने धारणा राख्दै विकास र समृद्धिको महान् यात्रामा अब सबै नेपाली एक ढिक्का हुनुपर्ने खाँचो रहेको औँल्याए ।

उनले सरकारको एकमात्र लक्ष्य विकास र समृद्धि भएकाले त्यहीँबाट नेपालले फड्को मार्नेमा जोड दिँदै भने,‘सरकारले देशको समृद्धि र विकासको एजेण्डामा क्रियाशील भएर काम गरेको छ । तीव्रगतिले काम गरेको छ । अब कसैले देशको चिन्ता लिनुपर्दैन ।’

‘सुखी नेपाली र समृद्धि नेपाल’ को परिकल्पना सरकारको लक्ष्यमात्र नभएर देशकै योजना भएको स्पष्ट पारे ।

प्रधानमन्त्री ओलीले देशको विकाससँगै नेपाली जनताको अधिकार प्राप्ति र विकासमा आधुनिकता हासिल गर्न उन्मुख भएकाले पनि देश रुपान्तरितको दिशामा अगाडि बढेको छ भने ।

उनले बालमहोत्सवले बालबालिकाभित्रका लुकेका प्रतिभालाई उजागर गर्ने अवसर भएको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ग्रीन आर्मीको वैधानिकताबारे सर्वोच्चद्वारा लिखित जवाफ माग

  काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

ओलीको अडान : ‘अहिले नेतृत्व छाड्दिनँ’

२०८३ साउन ३०, काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी कठिन परिस्थितिमा

मानव अधिकार आयोगले आरोपित ठहर गरेका व्यक्तिलाई चोख्याउन खोजिएको कांग्रेसको आरोप

काठमाडौं, साउन २० गते । नेपाली कांग्रेसले सरकारले मानव अधिकार आयोगबाट भदौ २३–२४ का घटनामा

रास्वपाद्वारा सात सदस्यीय सचिवालय गठन, बालेन्द्र शाह वरिष्ठ नेतामा मनोनित

काठमाडौं, १३ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सात सदस्यीय पार्टी सचिवालय गठन गरेको छ।

रास्वपाको अर्थ–राजनीतिक खाका सार्वजनिक : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्मका प्रस्ताव

चितवन, असार १० ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपालको शासकीय संरचना, राजनीतिक प्रणाली र