January 25, 2019

नागरिक अगुवाहरू शुक्रबार पनि बानेश्वरमा सरकारको विरोध गर्दै

 

काठमाडौं। डा. केसीको माग पूरा गराउन नागरिक अगुवाहरूले सामूहिक गिरफ्तारी दिने भएका छन् । उनीहरूले शुक्रबार बानेश्वरमा सरकारको विरोध गर्दै सामूहिक गिरफ्तारी दिने कार्यक्रम तय गरेका हुन् ।

बिहीबार सोलिडारिटी फर डा. केसी अलाएन्सले गरेको कार्यक्रममा सहभागीहरूले केसीका माग पूरा गराउन सामूहिक गिरफ्तारी दिने निर्णय गरेको बताए । गिरफ्तारीका दिने कार्यक्रम शनिबार पनि हुने उनीहरूको भनाई छ ।संविधानसभा भवनअगाडिको निषेधित क्षेत्र शान्तिपूर्ण रूपमा तोड्दै गिरफ्तारी दिने नागरिक अगुवा कृष्ण पहाडीले बताए ।

नागरिक अगुवाहरूले १५औँ अनशनका क्रममा सरकारले गरेका सहमति पूरा गर्न आग्रह गरेका छन् । केही अगुवाले केसी मात्रै नभई अरू पनि अनशनमा उत्रिनुपर्ने बताए । 

अधिवक्ता श्रीहरि अर्यालले विगतमा गरेका सहमति इमानदारिताका साथ पूरा गर्न प्रधानमन्त्री केपी ओलीसँग आग्रह गरे । उनले भने, ‘प्रधानमन्त्रीले चाहे ह्विप जारी गर्न सक्छन् । आफूले गरेको सहमति पूरा गर्न सक्दैनन् भने उनी प्रधानमन्त्री हुन सक्दैनन् ।’ 

मानवअधिकारकर्मी कपिल श्रेष्ठले केसीका लागि सामूहिक गिरफ्तारी दिन आफूहरू तयार भएको बताए । उनले यस्तो अवस्था आउन नदिन पनि सरकारलाई आग्रह गरे । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

देशभर अतिक्रमित संरचना हटाउने अभियान सुरु

काठमाडौँ, १३ वैशाख।सरकारले काठमाडौँ उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना

डाटा सेन्टर, क्लाउड र साइबर सुरक्षामा लगानी गर्ने सरकारको घोषणा

२ बैशाख, २०८३, काठमाडौं । सरकारले डिजिटल अर्थतन्त्र निर्माणलाई तीव्रता दिन डाटा सेन्टर, क्लाउड सेवा

उद्योगमा गौरी कुमारी, श्रममा रामजी यादव नियुक्त

चैत २७, काठमाडौं। प्रधानमन्त्री बालेन शाह ले मन्त्रिपरिषद् विस्तार गर्दै उद्योग तथा श्रम मन्त्रालयमा दुई

पुराना सवारीलाई विद्युतीयमा रूपान्तरण गर्न कानुनी व्यवस्था गरिने

 चैत २३,काठमाडौ। सरकारले पेट्रोलियम पदार्थको बढ्दो आयात घटाउने र वातावरणीय प्रदूषण न्यूनीकरण गर्ने उद्देश्यसहित डिजेल

राष्ट्रिय परिचयपत्रलाई अनिवार्य एकल परिचय बनाउने सरकारको निर्णय, नागरिकता र राहदानी सेवा जुनसुकै जिल्लाबाट पाइने

 चैत १५, काठमाडौँ । सरकारले नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवाहरूलाई डिजिटल तथा एकीकृत प्रणालीमार्फत सञ्चालन

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति