डाटा सेन्टर, क्लाउड र साइबर सुरक्षामा लगानी गर्ने सरकारको घोषणा

२ बैशाख, २०८३, काठमाडौं । सरकारले डिजिटल अर्थतन्त्र निर्माणलाई तीव्रता दिन डाटा सेन्टर, क्लाउड सेवा र साइबर सुरक्षा क्षेत्रमा प्राथमिकताका साथ लगानी गर्ने घोषणा गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मङ्गलबार सार्वजनिक गरेको ‘राष्ट्रिय प्रतिबद्धता’ मस्यौदामा यस्तो योजना अघि सारिएको हो।

मस्यौदाअनुसार सरकारले सञ्चार तथा सार्वजनिक पूर्वाधार, डाटा सेन्टर, क्लाउड सेवा, साइबर सुरक्षा, वैयक्तिक विवरणको गोपनीयता तथा सुरक्षा प्रणाली र उच्चगतिको इन्टरनेट कनेक्टिभिटी विस्तारमा विशेष प्राथमिकता दिने जनाएको छ। डिजिटल पूर्वाधार सुदृढीकरणमार्फत देशको अर्थतन्त्रलाई प्रविधिमैत्री बनाउने लक्ष्य राखिएको छ।

त्यसैगरी, स्वदेशी सफ्टवेयर विकासलाई प्रोत्साहन गर्ने नीति पनि सरकारले अघि सारेको छ। सरकारी तथा सार्वजनिक प्रयोजनका लागि आवश्यक सफ्टवेयर नेपालमै विकास गर्न प्रोत्साहन गरिने र त्यसअनुसार सार्वजनिक खरिद नीतिमा सुधार गरिने मस्यौदामा उल्लेख छ।

प्रधानमन्त्री कार्यालयले उक्त मस्यौदामाथि सरोकारवाला निकाय तथा सर्वसाधारणबाट सुझाव माग गरेको छ। १० वैशाखभित्र प्राप्त सुझाव समेटेर अन्तिम रूप दिइने र आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम तथा बजेटसँग आबद्ध गरी कार्यान्वयनमा लगिने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

ओलीको अडान : ‘अहिले नेतृत्व छाड्दिनँ’

२०८३ साउन ३०, काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी कठिन परिस्थितिमा

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै पत्रकार महासंघको प्रदर्शन

काठमाडौं, २८ साउन — पत्रकार किशोर श्रेष्ठको बिनाशर्त रिहाइको माग गर्दै नेपाल पत्रकार महासंघले काठमाडौं

सरकारी निवेदनमा अब एकरूप ढाँचा

  काठमाडौँ, साउन २७ गते । सरकारले सरकारी कार्यालयमा सेवाग्राहीले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता

मिसइन्फर्मेसन र डिसइन्फर्मेसनले सामाजिक सद्भाव खल्बल्याउँदैछः आइजीपी कार्की

काठमाडौँ, साउन २७ गते। नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले सामाजिक सञ्जालबाट फैलिने गलत सूचना, भ्रामक

सामाजिक सञ्जालमा मानहानि र गाली–बेइज्जती गरे कानुनी कारबाही हुने सरकारको स्पष्टोक्ति

काठमाडौं, साउन २६  । सरकारले सामाजिक सञ्जाल वा अन्य कुनै माध्यमबाट कसैको प्रतिष्ठा, इज्जत वा