January 18, 2019

अनसन स्थलबाटै काठमाडौं ल्याइदै डा. केसी र विजयलाई

माघ ४, काठमाडौं / फरक फरक माग राखेर डा. केसीसहित सत्याग्रहमा बसेका दुई व्यक्तिलाई नै सरकारले मध्यरात काठमाडौं लगेको छ । ९ दिनदेखि आमरण अनसनमा वसेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर भएपछि राति नै सरकारले डा केसीलाई काठमाडौं लान हिँडाएको छ । त्यस लगत्तै सरकारकै निर्देशनमा १० मिनेटपछि अर्का आमरण अनसनमा वसेका विजय थापालाई पनि अनसनस्थलबाट काठमाडौ लानका लागि झापा तर्फ ल्याइदै छ ।

डा. केसी ९ दिनदेखि इलाममा अनसनरत छन । विजयपनि ६ दिनदेखि आमरण अनसनमा छन् । डा केसीको बिहीबार साँझबाट मुटुको चाल अस्थिर भएको छ । चिकित्सकहरुले कुनै पनि बेला दुर्घटना हुन सक्ने बताएपछि राजधानी ल्याउन पहल सुरु भएको थियो । दुवैलाई इलामबाट भद्रपुरसम्म एम्बुलेन्समा ल्याइदै छ । भद्रपुरबाट डा केसी र थापालाई सेनाको नाइटभिजन हेलिकप्टरले काठमाडौं लाने तयारी भएको झापाका प्रहरी प्रमुख भीम ढकालले जानकारी दिए ।

रात परिसकेकाले इलाममा हेलिकोप्टर ल्याण्ड गर्ने अवस्था नरहेपछि इलामबाट भद्रपुरसम्म एम्बुलेन्समा उनीहरुलाई ल्याएको र भद्रपुरबाट सेनाको नाइटभिजनले काठमाडौं लगिने बताइएको छ ।डा. केसीलाई भेट्न बिहीबार मात्र पूर्वप्रधानन्यायाधीश सुशीला कार्की, पूर्वसभामुख दमननाथ ढुंगाना, केदारभक्त माथेमाको टोली इलाम पुगेको थियो ।

डा केसीको जस्तै आर्का आमरण अनसनमा रहेका थापाको पनि स्वास्थ्यमा समस्या देखिएपछि उनलाई पनि सरकारले काठमाडौं लगेको थापाकाज सहयोगी पुष्प भण्डारीले बताए । उनीहरु दुईलाई महाराजगञ्जस्थित शिक्षण अस्पतालमा राखिने वुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज

सम्बन्धविच्छेदको मिलापत्र : मुद्दाको अन्त्य मात्र होइन, जिम्मेवार नयाँ जीवनको कानुनी सुरुवात

– अधिवक्ता तारानिधि पन्त नेपालमा सम्बन्धविच्छेदका घटना निरन्तर बढिरहेका छन्। केही दशकअघि समाजमा दुर्लभ मानिने

घरेलु कामदारसम्बन्धी आदेश कार्यान्वयनमा श्रम मन्त्रालयको बेवास्ता

पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा

शशिभूषण यादव विरुद्धको सम्पत्ति शुद्धिकरण मुद्दामा अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन

काठमाडौँ, वैशाख २५ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जका तत्कालीन वरिष्ठ

जिफन्टद्वारा काठमाडौंमा मे डे र्याली (फोटो फिचर)

काठमाडौं, १८ वैशाख ।  नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) ले अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे डे) का