January 18, 2019

अनसन स्थलबाटै काठमाडौं ल्याइदै डा. केसी र विजयलाई

माघ ४, काठमाडौं / फरक फरक माग राखेर डा. केसीसहित सत्याग्रहमा बसेका दुई व्यक्तिलाई नै सरकारले मध्यरात काठमाडौं लगेको छ । ९ दिनदेखि आमरण अनसनमा वसेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर भएपछि राति नै सरकारले डा केसीलाई काठमाडौं लान हिँडाएको छ । त्यस लगत्तै सरकारकै निर्देशनमा १० मिनेटपछि अर्का आमरण अनसनमा वसेका विजय थापालाई पनि अनसनस्थलबाट काठमाडौ लानका लागि झापा तर्फ ल्याइदै छ ।

डा. केसी ९ दिनदेखि इलाममा अनसनरत छन । विजयपनि ६ दिनदेखि आमरण अनसनमा छन् । डा केसीको बिहीबार साँझबाट मुटुको चाल अस्थिर भएको छ । चिकित्सकहरुले कुनै पनि बेला दुर्घटना हुन सक्ने बताएपछि राजधानी ल्याउन पहल सुरु भएको थियो । दुवैलाई इलामबाट भद्रपुरसम्म एम्बुलेन्समा ल्याइदै छ । भद्रपुरबाट डा केसी र थापालाई सेनाको नाइटभिजन हेलिकप्टरले काठमाडौं लाने तयारी भएको झापाका प्रहरी प्रमुख भीम ढकालले जानकारी दिए ।

रात परिसकेकाले इलाममा हेलिकोप्टर ल्याण्ड गर्ने अवस्था नरहेपछि इलामबाट भद्रपुरसम्म एम्बुलेन्समा उनीहरुलाई ल्याएको र भद्रपुरबाट सेनाको नाइटभिजनले काठमाडौं लगिने बताइएको छ ।डा. केसीलाई भेट्न बिहीबार मात्र पूर्वप्रधानन्यायाधीश सुशीला कार्की, पूर्वसभामुख दमननाथ ढुंगाना, केदारभक्त माथेमाको टोली इलाम पुगेको थियो ।

डा केसीको जस्तै आर्का आमरण अनसनमा रहेका थापाको पनि स्वास्थ्यमा समस्या देखिएपछि उनलाई पनि सरकारले काठमाडौं लगेको थापाकाज सहयोगी पुष्प भण्डारीले बताए । उनीहरु दुईलाई महाराजगञ्जस्थित शिक्षण अस्पतालमा राखिने वुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

दुई विधेयक पारित दुई ऐन संशोधन

 पुस १५, बुटवल। बुटवल उपमहानगरपालिकाको चौधौँ नगर अधिवेशन दुई वटा विधेयक पारित र दुई वटा

इजरायल र हमासबीच युद्धविराम सम्झौता

मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने

भूकम्पपीडितलाई १० हजार थान जुत्ताचप्पल सहयोग

 कार्तिक २८,काठमाडौं । गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग

मिटरब्याजी तथा सहकारी ठग राजकुमार श्रेष्ठ पक्राउ

 कात्तिक २८ ,काठमाडौं । सहकारी ठगीका अभियुक्त तथा खुंखार मिटरब्याजी राजकुमार श्रेष्ठ पक्राउ परेका छन्