डा.केसीलाई आईसीयू चाहिने अवस्था !

काठमाडौं , पुस ३० : चिकित्सा शिक्षा सुधारका लागि संघर्षरत डा. गोविन्द केसीको अहिले इलाम जिल्ला अस्पतालमा उपचार भइरहेको छ।

सलाइनपानी र अक्सिजन दिएर उनको उपचार भइरहेको इलाम जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. प्रिजेन्द्रकुमार साहले जानकारी दिए।

राष्ट्रिय चिकित्सा विधेयकका विषयमा सरकारले आफूसँग गरेको सहमति कार्यान्वयन नगरेको भन्दै इलाममा गएर डा.कसीले १६औं सत्याग्रह सुरु गरेको आज सोमबार छैठौं दिन हो।

तेस्रो दिनदेखि नै स्वास्थ्यमा समस्या देखिएका डा. केसीको अवस्था आइतबार बेलुकादेखि झनै खराब हुँदै गएपछि उनलाई सोमबार बिहान ९ बजे इलाम अस्पताल भर्ना गरिएको हो।

उपचारमा संलग्न निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. साहले डा. केसीको स्वास्थ्य जटिल अवस्थामा रहेको बताए। डा. साहले भने, ‘डा. केसीको मुटुको चाल एकदमै अनियमित भएको छ। उहाँलाई आईसीयू आवश्यक हुने बेला भइसक्यो। तर यहाँ (इलाममा) आइसियु छैन। धरान लैजानुपर्छ।’

डा. साहका अनुसार डा. केसीमा रोगसँग लड्ने शक्ति पनि कमजोर भइसकेको छ। आफूहरू २४सै घण्टा डा. केसीको उपचारमा खटिएको जानकारी दिँदै उनले भने, ‘अहिलेसम्म उहाँको रगत तीनपटक जाँच्यौं, रिपोर्टले उहाँको स्वास्थ्य दिनप्रतिदिन खस्कँदै गएको देखाएका छन्।’

डा.साहका अुनसार डा. केसीको दायाँ छातीमा हावा कम भएको छ भने टन्सिल पनि बढेको छ। यसैगरी डा. केसीको नाडीको चाल पनि बेसुर भएको छ भने रक्तचाप पनि कम भएको उनले बताए। यो सबै अवस्था हेर्दा उनलाई कुनै पनि बेला आईसीयूमा राखेर उपचार गर्नुपर्ने अवस्था देखिएको डा.साहले बताए। 

डा. केसीकाे अभियानमा संलग्न देवराज भारद्वाजका अनुसार इलामस्थित सहरी विकास भवनमा अनशनरत डा. केसीलाई एम्बुलेन्समा राखेर चोकबजारस्थित जिल्ला अस्पताल लगिएकाे हाे। 

चिकित्सकले आइतबारै बेलुका डा. केसीलाई अस्पताल जान सुझाव दिए पनि मानिरहेका थिएनन्। तर काठमाडौंबाट गएका डा.अभिषेक सिंह लगायतले सम्झाएपछि डा. केसी सोमबार बिहान अस्पताल जान सहमत भएको भारद्वाजले बताए। 

 भारद्वाजले भने, ‘आइतबार रातिदेखि उहाँमा नयाँ समस्या थप भएका छन्, मुटुको चाल कहिले चाँडो, कहिले ढिलो हुने भएको छ, अब उहाँ अस्पतालमै अनशनमा बस्नुहुन्छ।’

संसदको शिक्षा तथा स्वास्थ्य समितिले चिकित्सा शिक्षा विधेयकसम्बन्धी प्रतिवेदन गत बुधबार बहुमतले पारित गरेपछि त्यही दिन अपराह्नदेखि उनी १६औं अनशनमा बसेका हुन्। 

तेस्रो दिनदेखि नै उनको स्वास्थ्यमा समस्या देखापरेको थियो। छाती दुख्ने, पसिना आउने, रक्तचाप तथा पिसाबसम्बन्धी समस्याबाट पीडित उनलाई आइतबार बेलुकादेखि घाँटी दुख्ने, श्वासप्रश्वास तथा मुटुको चालमा गडबडी हुने नयाँ समस्या थपिएका हुन्। 

यता सरकारले भने डा. केसीको विरोधका बीच राष्ट्रिय चिकित्सा शिक्षा विधेयक प्रतिनिधिसभामा पेस गरेको छ। डा. केसीका धेरैजसो माग पूरा भएको पनि सरकारले दाबी गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

देशभर अतिक्रमित संरचना हटाउने अभियान सुरु

काठमाडौँ, १३ वैशाख।सरकारले काठमाडौँ उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना

डाटा सेन्टर, क्लाउड र साइबर सुरक्षामा लगानी गर्ने सरकारको घोषणा

२ बैशाख, २०८३, काठमाडौं । सरकारले डिजिटल अर्थतन्त्र निर्माणलाई तीव्रता दिन डाटा सेन्टर, क्लाउड सेवा

उद्योगमा गौरी कुमारी, श्रममा रामजी यादव नियुक्त

चैत २७, काठमाडौं। प्रधानमन्त्री बालेन शाह ले मन्त्रिपरिषद् विस्तार गर्दै उद्योग तथा श्रम मन्त्रालयमा दुई

पुराना सवारीलाई विद्युतीयमा रूपान्तरण गर्न कानुनी व्यवस्था गरिने

 चैत २३,काठमाडौ। सरकारले पेट्रोलियम पदार्थको बढ्दो आयात घटाउने र वातावरणीय प्रदूषण न्यूनीकरण गर्ने उद्देश्यसहित डिजेल

राष्ट्रिय परिचयपत्रलाई अनिवार्य एकल परिचय बनाउने सरकारको निर्णय, नागरिकता र राहदानी सेवा जुनसुकै जिल्लाबाट पाइने

 चैत १५, काठमाडौँ । सरकारले नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवाहरूलाई डिजिटल तथा एकीकृत प्रणालीमार्फत सञ्चालन

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति