January 6, 2019

सञ्चलालको हत्या बम्जनको आश्रममै भएको हुनसक्ने आशंका

 

 

२१ पुस, सिन्धुपाल्चोक (बाँडेगाउँ) । तपस्वीका रुपमा चर्चामा आएका रामबहादुर बम्जनको आश्रममा छापा मारेको प्रहरीले मकवानपुरका सञ्चलाल वाइबाको हत्या भएको हुनसक्ने सुराक भेटाएको छ ।

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका-६ बाँडेगाउँको तोड्केमा रहेको बम्जनको आश्रममा जिल्ला प्रहरी कार्यालय र सीआइबीको सयुक्त टोलीले शुक्रबार मध्यान्ह छापा मारेको थियो ।

बम्जनको आश्रमलाई घेरा हाली अनुसन्धान सुरु गरेको थियो । अनुसन्धानको क्रममा आश्रमभित्र केही शंकास्पद वस्तुहरु भेटिएको प्रहरीले जानकारी दिएको छ । ‘हामीले शुक्रबारदेखि आश्रमभित्र अनुसन्धान सुरु गरेका छौं । केही शंकास्पाद सामग्रीहरु फेला परेको छ’ जिल्ल्ाा प्रहरी प्रमुख एसपी मुकुन्द मरासिनीले अनलाइनखबरसँग भने, ‘अनुसन्धान अझै जारी रहने छ ।’

एसपी मरासिनीका अनुसार बम्जनको आश्रममा रहेका अनुयायीसँग सोधपुछ जारी छ ।

खाल्डोमुनी नुनको प्याकेट भेटियो

आश्रमबाट बेपत्ता भएका भनिएका सञ्चलाल वाइबाको आफन्तको दाबी छ कि उनको आश्रमभित्र हत्या भएको थियो र छिटो शव सडाउन २२ प्याकेट नुन प्रयोग भएको थियो ।

प्रहरीले आश्रमको उत्तरतर्फ करिब ३ सय मिटर नजिकै खोजतलास गर्दा खोलिएको नुनुको नौ प्याकेट खोल बरामद भएको छ । ‘हामीलाई आएको सूचनाकै आधरामा केही स्थानमा खनेर हेर्दा माटो पनि केही कमलो थियो र चार फिट खन्दा नुनुको नौ प्याकेटको खोल भेटिएको छ’, अनुसन्धानमा खटिएको प्रहरी टोलीले भन्यो ।

सञ्चलाल परिवारको दाबी सही हुनसक्ने देखिएको अनुसन्धानमा संलग्न प्रहरीको भनाइ छ । ‘नुनको प्याकेट पनि बिचबाट च्यातिएकाले पनि शंका गर्नै धेरै ठाउँ छ’, अनुसन्धानमा खटिएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

शव अन्यत्रै लगिएको हुनसक्छ

प्रहरीले बम्जनको शिविरको पुरै क्षेत्रमा खानतलासी गर्नुका साथै शंकास्पद स्थानमा खनेर हेरेको छ । तर, शव वा कंकाल केही भेटिएको छैन । ‘हामीले सबै खनेर हेरेका छौं । सानो हडडी कुहिए पनि ठुला हडडी भेटिनु पर्ने हो तर, त्यो भेटिएन’ एक अधिकारीले भने ।

अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरुका अनुसार सञ्तलालको हत्या भएको हल्ला चलेपछि बम्जनका समर्थकले शव अन्यत्र लगेर जलाएको हुनसक्छ ।

१५ चैत २०७१ सम्म परिवारको सर्म्पकमा रहेका सञ्चलालले त्यही दिन साँझ छोरा महेन्द्रसँग फोनमा कुराकानी गरेका थिए । त्यसबेला उनले आफू बम्जनको शिविरमा रहेको र भोलि घर आउने बताएका थिए तर, घर आएनन् ।

अन्यत्र कतै होला भनेर खोजी नगरेको वाइबाको परिवारले जानकारी दिएका छन् । लामो समयसम्म पनि सम्र्पकमा नआएको र आश्रममा बस्ने आनीहरुले बाबुको हत्या भएको भन्ने सूचना दिएपछि खोजी गरेको महेन्द्रले बताए ।

सञ्चलाल परिवारको उजुरीका आधारमा प्रहरीले अदालतबाट अनुमति दिएर आश्रममा छापा मारेको छ ।

८० रोपनी क्षेत्रफल, सामान्य आश्रम

इन्द्रावती गाउँपालिका-६ बाँडेगाउँको तोड्के जंगलमा रहेको बम्जनको आश्रम सदमुकाम चौताराबाट ४ घण्टा लाग्छ । बाँडेगाउँको स्थानीय हबेलीसम्म सडक पुगेपनि बम्जनको आश्रम सम्म पुग्न आधा घण्टा पैदल हिड्न पर्छ ।

थलडाँडाबाट आधा घण्टा ओरालो लागेपनि जंगलको बिचमा रहेको बम्जनको आश्रममा पुगिन्छ । जंगलको बिचमा वरिपरी काँडेतारले घेरिएको बम्जनको आश्रम सामान्य छ । श्रममा साना ठुला आठ वटा जस्ताको टहरो बनाइएको छ ।

८० रोपनी क्षेत्रफलमा बम्जनको आश्रम फैलिएको छ । आश्रम व्यवस्थापन समितिका अध्यक्ष विदुर तामाङले सहयोगीहरुले जग्गा निःशुल्क दान दिएको बताए ।

आश्रममा सार्वसाधारणलाई प्रवेश अनुमति नभएको आसपासमा भेटिएका स्थानीयले बताए । ‘व्यवस्थापन समितिमा भएकाहरु पनि अनुमति लिए मात्र प्रवेश गर्न पाउँछन्, अन्यलाई अनुमती छैन’ आश्रम बाहिर रहेका एक स्थानीयले भने ।

भूकम्पपछि बम्जन आएका छैनन्

२०७२ बैशाखमा भूकम्प जाँदा बम्जन बाडेगाउँकै आश्रममा थिए । तर भूकम्प गएको केही महिनापछि बम्जनले आश्रम छाडेको स्थानीयले जानकारी दिएका छन् । बम्जन सिन्धुलीमा रहेको आश्रममा गएको स्रोतको दाबी छ ।

अनलाइनबाट साभारगरिएको ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

विदेशमा रहेका नेपालीलाई मतदानका लागि ५ मोडेल प्रस्ताव

 साउन १२,काठमाडौँ । निर्वाचन आयुक्तमा प्रस्तावित गुरुप्रसाद वाग्लेले विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार सुनिश्चित

राहदानी विभागअगाडि आत्मदाह प्रयास : राइडर्स युनियनद्वारा छानबिन, उपचार र प्लेटफर्म श्रमिकको सुरक्षा सुनिश्चित गर्न माग

काठमाडौं, असार २६ । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि राइड सेयरिङ चालक गणेश नेपालीले आत्मदाहको प्रयास गरेपछि

वीरेन्द्रनगरको ‘शैक्षिक सुधार वर्ष’ घोषणा, एआईदेखि २ करोड छात्रवृत्ति कोषसम्मका महत्वाकांक्षी योजना

सुर्खेत,१६ असार । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ लाई ‘शैक्षिक सुधार

श्रम अधिकारमाथि बढ्दो हस्तक्षेपबारे जेटियुसिसीको अन्तर्राष्ट्रिय मञ्चमा चिन्ता

काठमाडौँ, जेठ २८ । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी) का अध्यक्ष विनोद श्रेष्ठले नेपालमा

छाया अर्थतन्त्रको संकट : जीडीपीको आधाभन्दा बढी अनौपचारिक क्षेत्रमा, अब नेपालले कस्तो भूमिका खेल्नुपर्छ ?

अधिवक्ता तारा निधि पन्त नेपालको अर्थतन्त्रमाथि छाया अर्थतन्त्र (Shadow Economy) को प्रभाव दिनप्रतिदिन गहिरिँदै गएको

उच्च पदाधिकारीको सम्पत्ति छानबिन सुरु

काठमाडौँ, वैशाख १७ ।  सार्वजनिक पदमा रहेका तथा सेवा निवृत्त उच्च पदाधिकारीको सम्पत्ति छानबिन गर्न