December 31, 2018

लगातार ओरालो लाग्दै शेयर बजार

 

यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ३ दशमलव ८४ विन्दुले घटेर २५२ दशमलव १७ विन्दुमा कायम भएको छ । आज कूल १६७ कम्पनीको ११ लाख ७९ हजार ४३ कित्ता शेयर रु ४० करोड तीन लाख १२ हजार ३८५ मूल्यमा खरीद बिक्री भए ।

कारोवार रकम समेत आइतबारको तुलनामा कम हो । स्टकका अनुसार आज कारोवार भएका कूल दश उपसमूह मध्ये तीन उपसमूहको शेयर वृद्धि भएको छ । बढेको शेयर बजारमा जलविद्युत् ६ दशमलव ९५, वित्त एक दशमलव ३९ र उत्पादन सात दशमलव १३ बिन्दुले बढेको छ ।

यस्तै बैंकिङ १४ दशमलव ९४, होटल १९ दशमलव २७, विकास बैंक १३, निर्जीवन बीमा १६० दशमलव २३, अन्य १० दशमलव ४८, लघुवित्त २३ दशमलव ५८, जीवन बीमा १५३ विन्दुले घटेको छ । घटेको बजारमा जेबिल्स फाइनान्स कम्पनी, साङ्ग्रिला डेभलपमेन्ट बैंक, कालिका पावर कम्पनी, अरुण कावेली पावर कम्पनीका शेयरधनीले आज कमाएका छन् ।

यस्तै महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्था, पूर्णिमा विकास बैंक, हिमालयन बैंक, जनता बैंक, एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्थाका शेयरधनीले बढी गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

गाडी भाडा वृद्धि

  चैत २५, काठमाडौँ । सरकारले सार्वजनिक यातायातको भाडादर वृद्धि गरेको छ। इन्धनको मूल्यमा भएको

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

अर्थमन्त्री खनाल र एसियाली विकास बैंकका अध्यक्षबिच भेट

वाशिङ्टन डिसी (अमेरिका), असोज ३० गते । विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा रहनुभएका अर्थमन्त्री

नेपाल विद्युत प्राधिकरणद्धारा २४ वटा सौर्य आयोजनको पीपीए स्वीकृत

काठमाडौँ, असोज १२ ।नेपाल विद्युत प्राधिकरण (नेपा) ले २४ वटा सौर्य ऊर्जा आयोजनासँग विद्युत खरिद

सरकारका नीतिप्रति दातृ निकायहरूको समर्थन व्यक्त

काठमाडौं, असोज १० (शुक्रबार)। अर्थ मन्त्रालयमा आज स्थानीय दातृ निकाय र अन्तर्राष्ट्रिय साझेदार निकायका प्रमुखहरूसँग

नेपालमा लगानी गर्न कुनै अवरोध छैन : प्रधानमन्त्री ओली

काठमाडौँ, भदौ ३ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी तथा उद्यम गर्न कुनै अवरोध