नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३।

आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत निर्णयका लागि नयाँ अर्थमन्त्रीको प्रतीक्षामा रहेको छ। सरकार परिवर्तनको तयारीसँगै बहालवाला अर्थमन्त्री रामेश्वर खनाल बजेट निर्माणको निर्णायक भूमिकाबाट बाहिरिएका छन्।

अर्थ मन्त्रालयका प्रवक्ता तथा सहसचिव टंकप्रसाद पाण्डेका अनुसार वर्तमान मन्त्रीले बजेटसम्बन्धी कुनै नीतिगत निर्णय वा निर्देशन नगर्ने र नयाँ सरकार गठनपछि आउने अर्थमन्त्रीको निर्देशनअनुसार प्रक्रिया अघि बढाइनेछ।हाल मन्त्रालयले बजेटको प्राविधिक तयारीलाई तीव्र बनाएको छ। राष्ट्रिय योजना आयोगबाट बजेट सिलिङ प्राप्त भइसकेको छ भने मन्त्रालयहरूलाई १५ चैतसम्ममा सिलिङ पठाउन पत्राचार गरिएको छ। यसपछि योजना आयोगसँग छलफल र परामर्श गरिनेछ।

मन्त्रालयले आर्थिक सर्वेक्षण, सार्वजनिक संस्थानहरूको प्रगति विवरण, खर्च तथा बजेट कार्यान्वयनसम्बन्धी प्रतिवेदन संकलन र विश्लेषणको काम गरिरहेको जनाएको छ।यसैबीच, राजस्व नीतिसम्बन्धी सुझाव संकलनका लागि राजस्व परामर्श समितिले नौ उपसमिति गठन गरेको छ। ती उपसमितिहरूलाई ३० चैतभित्र सुझाव पेश गर्न जिम्मेवारी दिइएको छ।अर्थ मन्त्रालयले २ चैतमा बजेट निर्माण कार्यतालिका पनि पारित गरेको छ। कार्यतालिकाअनुसार २४ चैतदेखि १४ वैशाखसम्म मन्त्रालय, राष्ट्रिय योजना आयोग तथा प्रदेश सरकारहरूसँग छलफल हुनेछ।

त्यसैगरी, १५ वैशाखदेखि जेठ पहिलो सातासम्म राजनीतिक दल, पूर्वअर्थमन्त्री, अर्थविद् तथा सरोकारवालासँग परामर्श गरिनेछ। मन्त्रालयले ५–६ जेठसम्ममा बजेटको मस्यौदा तयार गर्ने लक्ष्य राखेको छ।सविधानअनुसार प्रत्येक वर्ष १५ जेठमा बजेट सार्वजनिक गर्नुपर्ने व्यवस्था रहेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

भदौ २३–२४ को घटनाबारे गहिरो अनुसन्धान आवश्यक, विदेशी जासुसी संलग्नताको आशंका :रविन्द्र मिश्र

काठमाडौँ । भदौ २३ र २४ गते भएको आन्दोलन तथा त्यस क्रममा भएका हिंसात्मक घटनालाई

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज

एआई एजेन्टले विकीमार्फत सहकार्य गरेको खुलासा

काठमाडौँ, २१ भदौ । ओपनएआईसँग सम्बन्धित मानिएका स्वायत्त कृत्रिम बुद्धिमत्ता (एआई) एजेन्टले आपसमा सञ्चार र

सेना राजनीतिक विवादमा मुछिनु दुःखद् : ओली

  काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले