चैत २५, काठमाडौँ । सरकारले सार्वजनिक यातायातको भाडादर वृद्धि गरेको छ। इन्धनको मूल्यमा भएको उतारचढाव तथा अन्य सूचकहरूको आधारमा नयाँ भाडादर निर्धारण गरिएको जनाइएको छ।
नयाँ व्यवस्था अनुसार यात्रुवाहक सवारी साधनको भाडामा १६.७१ प्रतिशतले वृद्धि गरिएको छ। यस्तै, मालवाहक सवारी साधनतर्फ पहाडी मार्गमा सञ्चालन हुने सवारीको भाडा २१.६८ प्रतिशत र तराई क्षेत्रका सवारीको भाडा १५.७५ प्रतिशतले समायोजन गरिएको छ।
इन्धन मूल्यमा आएको परिवर्तनलाई भाडा वृद्धिको मुख्य आधार मानिएको यातायात व्यवस्था विभाग स्रोतले जनाएको छ। निर्णयसँगै अब यात्रु तथा ढुवानी सेवा प्रयोगकर्ताले नयाँ दर अनुसार शुल्क तिर्नुपर्नेछ।
भाडा समायोजनका लागि विभागले प्रस्ताव भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मा पठाएको थियो। उक्त प्रस्तावलाई मन्त्री सुनील लम्साल ले स्वीकृति दिएपछि नयाँ दर लागू गर्ने प्रक्रिया अघि बढेको हो। विभागले छिट्टै औपचारिक सूचना जारी गरी कार्यान्वयनमा ल्याउने जनाएको छ।
असोज १८, काठमाडौं । उच्च अदालत पाटनले प्रमाणीकरण भएका फैसलालाई विद्युतीय प्रणालीमा प्रविष्ट गरी अभिलेखीकरण
जलवायु परिवर्तनको भारी: नेपालले कुल कार्बन उत्सर्जनमा ०.१ प्रतिशतभन्दा कम योगदान दिए पनि ठूलो मूल्य
असोज ८,काठमाडौं । सर्वोच्च अदालतले राजनीतिक विश्लेषक भरत दाहाललाई थुनामुक्त गर्न परमादेश जारी गरेको छ।दाहालकी
काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका
असोज, ३ काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी
काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध