नेपाल विद्युत प्राधिकरणद्धारा २४ वटा सौर्य आयोजनको पीपीए स्वीकृत

काठमाडौँ, असोज १२ ।
नेपाल विद्युत प्राधिकरण (नेपा) ले २४ वटा सौर्य ऊर्जा आयोजनासँग विद्युत खरिद सम्झौता (पीपीए) स्वीकृत गरेको छ। प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक मनोज सिलवालले ३५५ मेगावाट क्षमताका आयोजनाहरुसँग सम्झौता अन्तिम रूपमा स्वीकृत गरेका हुन्।

पूर्व कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले यसअघि यो प्रक्रिया रोकिएका थिए। उनको पालामा एक व्यवसायीका आठवटा आयोजना मात्र स्वीकृत भई बाँकी रोकिएको आरोप लागेको थियो। तत्कालीन ऊर्जामन्त्री दीपक खड्का र शाक्यबीच मतभेद भएपछि प्रक्रिया अघि बढ्न नसकेको प्राधिकरणका अधिकारीहरुको भनाइ छ।

यसअघि नै तत्कालीन प्रबन्ध निर्देशक कुलमान घिसिङको कार्यकालमा प्रक्रिया अन्तिम चरणमा पुगेको भए पनि निर्णय रोकिएको थियो। पीपीए स्वीकृत भएपछि अब आयोजनाहरुले वित्तीय व्यवस्थापन गरी निर्माण कार्य अघि बढाउन सक्ने अवस्था भएको छ।

प्राधिकरणको विद्युत व्यापार विभागले विभिन्न सबस्टेसनका लागि क्षमता तोकेर मूल्य प्रतिस्पर्धा गराएको थियो। आधार दर प्रतियुनिट ५ रुपैयाँ ९४ पैसा तोकिएकोमा सोभन्दा कम मूल्य प्रस्ताव गर्ने आयोजनाहरुसँग सम्झौता गरिएको प्राधिकरणका अधिकारीहरुले जनाएका छन्।

हालै ऊर्जामन्त्रीमा कुलमान घिसिङ नियुक्त भएपछि सरकारले हितेन्द्रदेव शाक्यलाई जल तथा ऊर्जा आयोग सचिवालयमा विज्ञ सदस्य (विशिष्ट श्रेणी) को रूपमा पठाउँदै, प्राधिकरणको कार्यकारी निर्देशकमा मनोज सिलवाललाई असोज ५ गते बसेको मन्त्रिपरिषद् बैठकमार्फत नियुक्त गरेको हो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार: ९ स्थानीय तह र साझा यातायातबीच समझदारी

काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

ग्रीन आर्मीको वैधानिकताबारे सर्वोच्चद्वारा लिखित जवाफ माग

  काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

सेना राजनीतिक विवादमा मुछिनु दुःखद् : ओली

  काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

पुनर्स्थापनामा केन्द्रित सरकार, ९३९ शव फेला

  काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट