पूर्व गभर्नर तिलक रावलसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा, ९१ लाख बिगो दाबी

पुस ५, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व गभर्नर डा. तिलक रावलसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

बिहीबार अख्तियारले विशेष अदालतमा पूर्व गभर्नर रावल, तत्कालीन नोट विभाग प्रमुख उपेन्द्र केसरी पौड्याल र स्थानीय प्रतिनिधि हिमालय बहादुर पाँडेविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

पाँच वर्षसम्म नेपाल राष्ट्र बैंकको गभर्नर बनेका रावलमाथि अख्तियारले ९१ लाख बढी बिगो दाबी गरेको छ । गर्भनर बनेका रावलको पाँच वर्षे अवधिमा राष्‍ट्र बैंकबाट अष्ट्रेलियामा १० को ५ करोड थान पोलिमर नोट छपाइमा भ्रष्टाचार गरेको अभियोग उनीमाथि छ ।

अख्तियारले तीनै जनाविरुद्ध जनही ९१ लाख नौ हजार ८ सय ८९ रुपैयाँ ५८ पैसा बिगो माग दाबी गरेकाे अख्तियारका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए ।

अख्तियारले रावलसहित तत्कालिन नोट विभाग प्रमुख उपेन्द्र र मे फ्लावर लिमिटेडका स्थानीय प्रतिनिधि हिमालयविरुद्व अष्ट्रेलियाको स्थानीय एजेन्टमार्फत् आर्थिक लेनदेन गरेको, गुणस्तरहीन नोट छपाई भएको, नोट प्रिन्टिङ अष्ट्रेलियासँग गैर कानुनी मिलेमतो गरी उक्त स्थानीय एजेन्टमार्फत् आर्थिक लेनदेन गरेको, उजुरीमाथि अनुसन्धान गरेर मुद्दा दायर गरेको हो ।

बोलपत्र पूर्व नै नोटको डिजाईन गर्न लगाउने, बोलपत्रका क्रममा स्थानीय प्रतिनिधिको प्रभावमा राजश्व छल्ने नियतले कमिशन उल्लेख नगर्ने, लगायतका कार्यहरु गरि नेपाल राष्ट्र बैंकलाई नोक्सानी पुर्याएर आफूलाई फाइदा हुने काम गरेको पुष्टि भएको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

सरकारी निवेदनमा अब एकरूप ढाँचा

  काठमाडौँ, साउन २७ गते । सरकारले सरकारी कार्यालयमा सेवाग्राहीले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता

सम्बन्धविच्छेदको मिलापत्र : मुद्दाको अन्त्य मात्र होइन, जिम्मेवार नयाँ जीवनको कानुनी सुरुवात

– अधिवक्ता तारानिधि पन्त नेपालमा सम्बन्धविच्छेदका घटना निरन्तर बढिरहेका छन्। केही दशकअघि समाजमा दुर्लभ मानिने

अब नेपाललाई ‘शत्रु’ होइन, ‘साझा भविष्य’ निर्माण गर्ने नेतृत्व चाहिन्छ

गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि

विदेशमा रहेका नेपालीलाई मतदानका लागि ५ मोडेल प्रस्ताव

 साउन १२,काठमाडौँ । निर्वाचन आयुक्तमा प्रस्तावित गुरुप्रसाद वाग्लेले विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार सुनिश्चित