December 6, 2018

अल्बर्ट आइन्स्टाइनले लेखेको एउटा पत्रको मुुल्य ३३ करोड !

5c08814d622f0181206073921

एउटा पत्रको मुुल्य कति होला ? अनुमान लगाउनुस् त । १० हजार २० हजार वा एक लाख कति अनुमान गर्नुभयो । तर तपाईको अनुमान मेल खाएन ।

विश्वप्रसिद्ध वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले ईश्वर तथा धर्मका बारेमा लेखेको चर्चित पत्र अमेरिकामा लिलाम भएको छ । उनले आफ्नो मृत्यु हुनुुभन्दा एक वर्ष पहिले लेखेको पत्र लिलाम बजारमा २८ लाख ९० हजार अमेरिकी डलर अथवा झण्डै ३३ करोड नेपाली रुपैयाँमा बिक्री भएको छ ।

लिलाम बजारमा यो पत्रको सुरुवाति मूल्य १५ लाख रुपैयाँ डलर राखिएको थियो । दुई पेजको यो पत्र ३ जनवरी, १९५४ मा जर्मनीका दार्शनिक एरिक गटकाइन्डलाई लेखिएको थियो, जसले आइन्स्टाइनलाई आफ्नो पुस्तक ‘चूज लाइफस् द बिब्लिकल कल टु रिभोल्ट’ को एक प्रति पठाएका थिए ।

आइन्स्टाइनले पत्रमा लेखेका थिए, ‘मेरा लागि भगवान शब्दको अर्थ अरु केही नभएर अभिव्यक्ति र मानवीय कमजोरीको प्रतीक मात्रै हो । बाइबल एक पूजनीय किताब हो । तर अहिले पनि प्राचीन किम्वदन्तीकै संग्रह हो ।’

उनी पत्रमा लेख्छन्, ‘मेरो यो विचारमा परिवर्तन ल्याउन सक्ने न त कुनै व्याख्या छ, न त कुनै रहस्य नै रहेको छ ।’

आइन्स्टाइनले १७ औँ शताब्दीका यहूदी डच दार्शनिक बारुच स्पिनोजाको उदाहरण दिँदै आफूले पनि दैनिक जीवनमा मानवरुपी देवतामा विश्वास नराख्ने बताएका थिए ।

उनको पत्र यस्तो छ

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

सरकारी निवेदनमा अब एकरूप ढाँचा

  काठमाडौँ, साउन २७ गते । सरकारले सरकारी कार्यालयमा सेवाग्राहीले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता

सम्बन्धविच्छेदको मिलापत्र : मुद्दाको अन्त्य मात्र होइन, जिम्मेवार नयाँ जीवनको कानुनी सुरुवात

– अधिवक्ता तारानिधि पन्त नेपालमा सम्बन्धविच्छेदका घटना निरन्तर बढिरहेका छन्। केही दशकअघि समाजमा दुर्लभ मानिने

अब नेपाललाई ‘शत्रु’ होइन, ‘साझा भविष्य’ निर्माण गर्ने नेतृत्व चाहिन्छ

गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि

विदेशमा रहेका नेपालीलाई मतदानका लागि ५ मोडेल प्रस्ताव

 साउन १२,काठमाडौँ । निर्वाचन आयुक्तमा प्रस्तावित गुरुप्रसाद वाग्लेले विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार सुनिश्चित