December 5, 2018

किर्ते कागजातमा श्रीमतीलाई फसाएको भन्दै न्यायाधिशको घर अगाडी तनाब

मंसिर १९, काठमाडौं । सर्वोच्च अदालतका न्यायाधिश प्रकाशमान सिं राउतकी श्रीमती ललिताकुमारीले आफुले श्रीमानकै सल्लाहमा दाजुभाउजुको बच्चा एडप्ट (ग्रहण) गर्दा श्रीमानले उल्टै फसाएको आरोप लगाएकी छिन् ।

विवाह गरेको १५ वर्षसम्म पनि कुनै सन्तान नभएपछि श्रीमानकै निर्देशन अनुसार दाजुभाउजुबाट बच्चा ग्रहण (एडप्ट) गर्न कागजात बनाएर एडप्ट गर्दा श्रीमानले नक्कली कागजात बनाएको भन्दै आफुलाई घरबाट समेत निकाली दिएको श्रीमती ललिलादेविको भनाई छ ।

केटो बुढो, कपाल फुलेको भएपनि पढेको इमान्दार ठानेको थिए, अहिले १५ वर्षपछि मेरी बहिनीलाई सडकमा ल्याइदियो, मेरो प्राण यहिँ जावोस बहिनीले न्याय पाउनुर्पयो हजुर ।’ विलौना गर्दै लक्ष्मीले भनिन् । 

बुधबार डिल्लीबजार स्थित न्यायाधिश घरमा प्रवेश गर्न खोज्दा नदिएपछि स्थानीय र महिला समेत आएर न्यायाधिश राउतको घर घेराउ समेत गरेका छन् । ललितादेविले घर प्रवेश गर्न खोज्दा न्यायाधिशको सुरक्षाका लागि तैनाथ प्रहरी सुरक्षाकर्मीले रोक लगाएपछि तनाब उत्पन्न भएको थियो ।

०६१ सालमा न्यायाधिश राउतसँग विवाह गराइदिएकी ललितादेविकी दिदि लक्ष्मी चौहान न्यायाधिश राउतको घर अगाडी लम्पसार परेर बसेपछि तनाब उत्पन्न भएको थियो ।

आफ्नी बहिनीलाई सड्यन्त्र गरेर किर्ते कागजात बनाएको भन्दै २२ दिन थुनामा समेत राखेपछि चिन्तित लक्ष्मीले अरुलाई न्याय दिनेले आफ्नै श्रीमतीलाई अन्याय गरेको बताइन् । ‘मैले नै यीनीहरुको विहे गराइदिएको हुँ, केटो बुढो, कपाल फुलेको भएपनि पढेको इमान्दार ठानेको थिए, अहिले १५ वर्षपछि मेरी बहिनीलाई सडकमा ल्याइदियो, मेरो प्राण यहिँ जावोस बहिनीले न्याय पाउनुर्पयो हजुर ।’ विलौना गर्दै लक्ष्मीले भनिन् ।

पिडित ललितादेविले श्रीमानकै सल्लाहमा दाजू भाउजुको बच्चा अडप्ट गरेको र उनकै निर्देशनमा कागजात बनाएको जिकिर गरेकी छिन् । ‘मलाई किर्ते कागजात बनाएको आरोप लगाएर घरबाट बाहिर निकालिदियो । १५ वर्षसम्म बच्चा नभएपछि उसकै सल्लाहमा दाजू भाउजुको बच्चा अडप्ट गरेको हो ।’ उनले भनिन् ।

बच्चा पाउने बेलामा यहिँ (घरमा) राखेर काठमाडौं मेडिकल कलेजमा गएर प्रसुति गरायौं, उनैले ‘मेरो अदालतमा काम धेरै छ, तिमी सबै काजगात बनाउ’ भनेर नागरिकताको फोटोकपी दिए, अनी उनकै सल्लाह अनुसार काम गरे । मलाई के थाहा यो उसकै ग्राइण्ड डिजाइनमा रहेछ ।’ श्रीमति ललितादेविले कटारी घर गएर बच्चाको जन्मदर्ता गर्दा श्रीमानले नै प्रहरी लगाएर २२ दिन थुनामा राखेको र कसैसँग भेट गर्न नदिएको समेत बताइन् ।

‘साउन १८ गते काठमाडौं मेडिकल कलेजमा बच्चा भयो, अस्पतालको सबै काम मलाई नै गर्नु भनेर उहाँ अदालतको कामले विजी छु भन्नु भो, उहाँकै सल्लाहमा न्वारन गरे, बच्चा हुर्काउन जनकपुर गयौं, त्यसपछि कटारी जन्मदर्ता गराइसकेपछि उहाँले एक्कासी डिभोर्स माग्नु भो, घरबारै विग्रने भएपछि मैले बच्चा नलिइकन सबै कागजात बदर गराए ।’ श्रीमती ललितादेविले भनिन् । श्रीमती ललिताले न्यायधिश राउतले अदालतकाे मुद्दा फिर्ता लिए अाफु डिभाेर्स दिन तयार रहेकाे बतार्इन । त्यसका लागि मुद्दा फिर्ता लिएर कानुनी बाटाे जानुपर्ने उनकाे भनार्इ छ ।

न्यायाधीश राउतकी श्रीमती, उनका दुई दाजु बाबुराम चौहान, शिवशंकर चौहान, भाउजू बुनु चौहान र भोजकुमारी पोखरेललाई प्रहरीले पक्राउ गरेको थियो । उनीहरुलाई २२ दिनपछि उदयपुर जिल्ला अदालतले गत मंसिर ५ गते थुनाबाट मुक्त गर्न आदेश दिएको थियो ।

दाजुभाउजुको बच्चालाई आफ्नो बनाएर नक्कली जन्मदर्ता गरेको आरोपमा उदयपुर प्रहरीले पक्राउ गरेको थियो ।
न्यायाधीश राउतका बुवाले किर्ते गरेर जन्मदर्ता बनाएको भन्दै प्रहरीमा उजुरी दिएका थिए । न्यायाधीश राउत कटारीका स्थायी बासिन्दा हुन् ।

गत असोज १० र ११ गते कटारी नगरपालिका वडा नम्बर ३ को कार्यालयबाट बाबु प्रकाशमान सिंह राउत र आमा ललिताकुमारी राउत, बाजे बलबहादुर राउत हो भनी कीर्ते सही छाप ल्याप्चेसमेत लगाई नवजात शिशु दक्ष्य राउतको जन्मदर्ता बनाएको ललितादेवि र उनका दाजु भाउजुलाई आरोप छ ।

उदयपुर ३ नं. वडा कार्यालयले जन्मदर्ता बदर गरिदिएको छ । न्यायाधिश श्रीमतीले बच्चा लिएपछि श्रीमानले एकोहोरो डिभोर्स मागेपछि आफुले नै वडा कार्यालयमा गएर जन्मदर्ता बदर गरेको बताउँदै आएकी छिन् ।

न्यायाधिश श्रीमतीले श्रीमानको ग्राइण्ड डिजाइनमा किशोरजंग कार्की र डिटायर्ड डिआइजी उत्तम कार्कीले सहयोग गरेको जिकिर गरेकी छिन् । उनले आफुलाई किशोरजंग कार्की र उत्तम कार्कीले बारम्बार डिभोर्स दिन दवाव दिएको बताइन् ।
उनीहरुको सड्यन्त्रमा परें, अहिले मलाई मेरो साखा सन्तान नै सखाप पारिदिने धम्की आएको छ । न्याय दिने मान्छेले नै अन्याय गर्छ भने, अब न्याय माग्न जाने ठाउँ नै रहेन ।’ उनले भनिन् । उनले आफुलाई न्यायाधिशको परिवारले मानसिक टर्चर दिएको बताइन् ।

विवाह पश्चात लामो समयसम्म सन्तान नहुँदा समेत आफुलाई शारिरीक तथा मानसिक टर्चर दिएको उनको भनाई छ ।
यस विषयमा सर्वोच्चका न्यायाधिश राउतसँग बुझ्न फोन गर्दा उनको फोन सम्पर्क हुन सकेन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

श्रम अधिकारमाथि बढ्दो हस्तक्षेपबारे जेटियुसिसीको अन्तर्राष्ट्रिय मञ्चमा चिन्ता

काठमाडौँ, जेठ २८ । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी) का अध्यक्ष विनोद श्रेष्ठले नेपालमा

छाया अर्थतन्त्रको संकट : जीडीपीको आधाभन्दा बढी अनौपचारिक क्षेत्रमा, अब नेपालले कस्तो भूमिका खेल्नुपर्छ ?

अधिवक्ता तारा निधि पन्त नेपालको अर्थतन्त्रमाथि छाया अर्थतन्त्र (Shadow Economy) को प्रभाव दिनप्रतिदिन गहिरिँदै गएको

शशिभूषण यादव विरुद्धको सम्पत्ति शुद्धिकरण मुद्दामा अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन

काठमाडौँ, वैशाख २५ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जका तत्कालीन वरिष्ठ

उच्च पदाधिकारीको सम्पत्ति छानबिन सुरु

काठमाडौँ, वैशाख १७ ।  सार्वजनिक पदमा रहेका तथा सेवा निवृत्त उच्च पदाधिकारीको सम्पत्ति छानबिन गर्न

अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु ; ११ जना घाइते

क्यानबेरा (अस्ट्रेलिया) १६वैशाख (रासस/एएनआई) : दक्षिण अस्ट्रेलियाको एडिलेडको पाराफिल्ड एयरपोर्टमा अवतरण गर्ने क्रममा विमान दुर्घटना

मे दिवसको सन्दर्भमा  जिफन्टको  घोषणा: “अबको श्रमिक आन्दोलन नयाँ ढंगले अगाडि बढाउँँछाै”

बैशाख १५, काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले १३७औं अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस)