राज्यमन्त्री डा यादवले स्वास्थ्य सेवा विभागमा छड्के गर्दै भने केहीलाई चिसो हावा ख्वाउनुपर्ने भो !

 मंसिर १३,काठमाडौं– स्वास्थ्य राज्य मन्त्री डा सुुरेन्द्र यादवले स्वास्थ्य सेवा विभागमा छड्के गरेका छन् । छड्केका क्रममा विभागका विभिन्न महाशाखाका निर्देशक तहकै कर्मचारीहरुले मनोमानी गरेको पाइएको मन्त्री डा यादवले बताएका छन्।

मन्त्री डा यादवका अनुसार नियम अनुशरण नगरेको, हाजिर नगरेको र लापरबाही ढंगले काम गर्ने गरेको भेटिएको छ । उनले भने, ‘२० प्रतिशत निर्देशक तहकै कर्मचारीहरुले जथाभावी गरेको देखियो।’
कार्यालय समय अघि नै घर जाने, स्वास्थ्यकै अन्य कार्यक्रममा सहभागी हुन गएकाहरुले पनि उक्त कुरा उल्लेख नगरेको भेटिएको उनी बताउँछन् । त्यसबाहेक विभागका केही कर्मचारीले काम नगर्ने गरेको समेत उनले छड्केका क्रममा पाएका छन्।

त्यस्ता कर्मचारीलाई चेतावनी दिएर आएको बताउँछन् । तीमध्य केहीलाई सरुवा गएर दुर्गममा पठाउने समेत उनले संकेत गरे । उनले भने, ‘उहाँहरुले यहाँ बसेर काम गर्नुभएन । केही समयका लागि चिसो हावा खान पठाउनुपर्ला।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ग्रीन आर्मीको वैधानिकताबारे सर्वोच्चद्वारा लिखित जवाफ माग

  काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।