लेखा समितिले माग्याे विमान खरिद प्रकरणमा सार्वजनिक खरिद अनुगमन कार्यालयको राय

१२ मङ्सिर , काठमाडौं : संघीय संसदको सार्वजनिक लेखा समितिले दुई वटा वाईडवडी विमान खरिदका विषयमा सार्वजनिक खरिद अनुगमन कार्यालयको राय मागेको छ। 

lekha_samitee5622

नेपाल वायु सेवा निगमले वाईडवडी विमान खरिदमा अनियमितता गरे÷नगरेको छानवीन गर्ने निष्कर्षमा पुगेको सार्वजनिक लेखा समितिको बुधबार बसेको बैठकले सो सम्बन्धमा एक हप्ता भित्र राय, सुझावसहितको प्रतिवेदन समितिमा पेश गर्न सार्वजनिक खरिद अनुगमन कार्यालयलाई निर्देशन दिएको हो।

वाइडवडी विमान खरिद सार्वजनिक खरिद ऐनको विधि र प्रक्रिया अनुसार भए÷नभएको खुल्ने गरी समितिमा राय, सुझावसहितको प्रतिवेदन पेश गर्न सार्वजनिक खरिद अनुगमन कार्यालयलाई निर्देशन दिइएको समितिका सभापति भरतकुमार शाहले जानकारी दिए। 

समितिको बैठकमा कार्यालयका सचिव मधुप्रसाद रेग्मीले समितिको छानवीन प्रक्रियालाई सहज बनाउन आफूले तोकेको अवधिभित्र आवश्यक राय, सुझावसहितको प्रतिवेदन बुझाउने प्रतिवद्धता व्यक्त गरेका थिए। उनले प्रतिवेदनमा सो विमान खरिदका विधि र प्रक्रियाबारे सम्पूर्ण विवरण उल्लेख हुने जनाए।

गत आइतबार बसेको समितिको बैठकमा सभापति शाहले वाइडवडी विमान खरिदमा ६ अरव घोटाला देखिएको दावी गरेका थिए। २४ अरव रुपैयाँमा खरिद गरिएको वाईडवडी विमानमा ठूलो आर्थिक चलखेल भएको आशंका गर्दै सार्वजनिक लेखा समितिले छानवीनका लागि सम्बन्धित निकायसँगको छलफललाई निरन्तरता दिएको हो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ग्रीन आर्मीको वैधानिकताबारे सर्वोच्चद्वारा लिखित जवाफ माग

  काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।