मंसिर १०, काठमाडौं : लगातार ओरालो लाग्दै आएको धितोपत्र बजारमा आज शेयरको मूल्य पुनःघटेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ६ दशमलव ३५ बिन्दुले घटेर एक हजार १६० दशमलव २८ बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत १ दशमलव ३ बिन्दुले घटेर २४६ दशमलव ७२ बिन्दुमा झरेको छ ।
घटेको बजारमा आज कारोवार रकममा समेत सामान्य सुधार भएको छ । कूल १५५ कम्पनीको नौ लाख ९१ हजार ७३० कित्ता शेयर रु ३० करोड ८४ लाख ९५ हजार ८४ कित्ता मूल्यमा खरिद बिक्री भएको छ । स्टकका अनुसार आज कारोवार भएका दश उपसमूहमध्ये दुई उपसमूहको शेयर कारोवारमा वृद्धि भएको छ भने आठ उपसमूहको शेयर घटेको छ । वित्त शून्य दशमलव ८१ र अन्य २ दशमलव २७ बिन्दुले बढेको छ ।
यस्तै बैंकिङ ४ दशमलव ८३, होटल १३ दशमलव ३०, विकास बैंक ५ दशमलव ७६, जलविद्युत् ५ दशमलव ४२, निर्जीवन बीमा ८९ दशमलव ३, उत्पादन ३ दशमलव ७६, माइक्रोफाइनान्स १५ दशमलव १६ र जीवन बीमा ६७ दशमलव ०५ बिन्दुले घटेको छ ।
घटेको बजारमा नेपाल हाइड्रो डेभलपर्स, प्रोगे्रसिभ फाइनान्स र नाडेप लघुवित्त वित्तीय संस्थाका शेयरधनीले कमाएका छन् भने नेपाल सेवा लघुवित्त वित्तीय संस्था, एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्था र मिर्मिरे लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले भने गुमाएका छन् ।
चैत २५, काठमाडौँ । सरकारले सार्वजनिक यातायातको भाडादर वृद्धि गरेको छ। इन्धनको मूल्यमा भएको
काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत
वाशिङ्टन डिसी (अमेरिका), असोज ३० गते । विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा रहनुभएका अर्थमन्त्री
काठमाडौँ, असोज १२ ।नेपाल विद्युत प्राधिकरण (नेपा) ले २४ वटा सौर्य ऊर्जा आयोजनासँग विद्युत खरिद
काठमाडौं, असोज १० (शुक्रबार)। अर्थ मन्त्रालयमा आज स्थानीय दातृ निकाय र अन्तर्राष्ट्रिय साझेदार निकायका प्रमुखहरूसँग
काठमाडौँ, भदौ ३ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी तथा उद्यम गर्न कुनै अवरोध