मङ्सिर ७,काठमाडौं : डडेलधुरामा बिहीबार बेलुका स्कुल बस दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ । डडेलधुराबाट डोटीतर्फ जाँदै गरेको से १ क नम्बरको बस दुर्घटनामा परेको थियो ।

के आई सिंह राजमार्गअन्तर्गत डडेलधुराको रडुवा खोलामा बस दुर्घटनामा परेको र भीरबाट १०० मिटर तल खसेको ट्राफिक निर्देशनालयका डीआईजी पूर्णचन्द्र जोशीले बताए ।
जोशीका अनुसार डडेल्धुराको प्रसिद्ध उग्रतारा मन्दिरमा मेला भर्न गएर फर्किने बस दुर्घटनामा परेको हो । बसको ब्रेक फेल हुँदा दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको एक अधिकारीले बताए । ‘‘ब्रेक फेल भएको भन्ने कुरा आएको छ । अनुसन्धानकै क्रममा छौं,’’ ती अधिकारीले भने ।
दुर्घटनामा ५ जना महिला र १३ जना पुरुषको ज्यान गएको छ । मृतक १८ जनामध्ये १० जनाको सनाखत भएको प्रहरी प्रवक्ता एसएसपी उत्तम सुवेदीले जानकारी दिए । सनाखत भएका मृतकहरुमा डडेल्धुराको नवदुर्गा गाउँपालिका– ३ का चक्रबहादुर धामी, डडेल्धुराकै गन्यापधुरा गाउँपालिका–३ की १८ वर्षीया माया रावल, डोटीको दिपायल सिलगढी नगरपालिका–४ की शशि विक, दिपायल सिलगढी नगरपालिका–११ की २५ वर्षीया गोपा भाट, सोही नगरपालिका–८ का ४० वर्षीय कैलाश रावल, ४० वर्षीय योगेन्द्र रावल रहेका छन् ।
यस्तै दिपायल सिलगढी नगरपालिका–१० का १६ वर्षीय रोहित वलायर, कैलाली गोदावरी नगरपालिका–१० का २३ वर्षीय पुरन कठायत, डडेल्धुरा नवदुर्गा गाउँपालिका–३ चौपालका २० वर्षीय तिलक खाती र सोही स्थानका १७ वर्षीय टेक धामीको पनि सनाखत भएको छ । दुर्घटनामा २७ जना घाइते भएको प्रहरीले जनाएको छ । घाइतेमा डडेल्धुरा गन्यापधुरा– ३ की मिना सार्की, सोही स्थानकी डम्मरी भूल, इन्द्र भूल, डोटी शिखर नगरपालिका–११ का नारद वलायर, विनोद किमाडी, संगिता विक, शिखर नगरपालिका –८ का महादेव रावत, बान्डुसैनका भिम बलायर, सरिता बलायर, सरिताकै १४ महिने छोरी सिभानी वलायर, शिखर नगरपालिका–१४ की राधिका धामी, डोटी बल्लेख गाउँपालिका–१ का लोक महरा, शिखर नगरपालिकाका भक्त वलायर, बल्लेख–१ का लोक महरा, शिखर–११ का भक्त वलायर रहेका छन् ।
यस्तै दिपायल सिलगढी नगरपालिका– ४ का नविन विक, डोटी गोपघाटका श्याम ओझा, शिखर–१० का रमेश धामी, डडेल्धुरा गन्याधुराकाका सुशिल बोहरा, गन्याधुरा–३ का रमेश भुल, सुनिता रावल, पुरन भुल, डोटी तिल्लतालीकी सोनिया रावल, डोटी बान्डुसैनका सन्तोष रावल, भरत वलायर, डडेल्धुरा नवदुर्गाका थानेश्वर अवस्थी, डोटी तल्लीखालकी हरिना बोहरा, डोटी वनलेककी सावित्रा धामी र दिपालय सिलगढी नगरपालिकाकी दिपा विक रहेका छन् । घाइतेहरुको उपक्षेत्रिय अस्पताल डडेल्धुरा, कैलालीस्थित सेती अञ्चल अस्पताल लगायत विभिन्न अस्पताल र कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।
काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।