शेयर बजार १४ अङ्कले बढ्यो

काठमाडौँ, कार्तिक २७ :  लगातार ओरालो लाग्दै आएको शेयर बजार आज भने थामिएको छ । थामिएको बजार करीब १४ अङ्कले वृद्धि भएको हो । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १३ दशमलव ९७ बिन्दुले बढेर एक हजार २०७ दशमलव ३१ बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ३ दशमलव ३१ बिन्दुले बढेर २५६ दशमलव ८७ बिन्दुमा पुगेको छ ।   

नेप्से परिसूचक उल्लेख्यमात्रामा वृद्धि भए पनि कारोवार रकममा भने आशातित वृद्धि हुन सकेन । कूल १५० कम्पनीको १७ करोड ४१ लाख ५५ हजार ३९० मूल्यमा कारोवार भएको हो । कारोवार भएका नौ उपसमूहमध्ये आज वित्त उपसमूहको मात्रै शेयरको मात्रै घटेको छ । सो उपसमूह शून्य दशमलव २५ बिन्दुले घटेको छ । यस्तै बैंकिङ १४ दशमलब ६९, होटल ३६ दशमलव ५७, विकास बैंक १२ दशमलव ५९, जलविद्युत् शून्य दशमलव २८, निर्जीवन बीमा ७५ दशमलव १४, अन्य ६ दशमलव ५६, माइक्रोफाइनान्स १० दशमलव ५८ र जीवन बीमा ७७ दशमलव शून्य नौ बिन्दुले बढेको छ । 

बढेको बजारमा उन्नति माइक्रोफाइनान्स, आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था, सप्तकोशी विकास बैंकका शेयरधनीले कमाएका छन् भने एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्था, हिमालयन पावर पार्टनर, एभरेष्ट इन्स्यारेन्स कम्पनीका शेयरनीले भने गुमाएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

झिनो अङ्कले घट्यो नेप्से

फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।

मिटरब्याजी तथा सहकारी ठग राजकुमार श्रेष्ठ पक्राउ

 कात्तिक २८ ,काठमाडौं । सहकारी ठगीका अभियुक्त तथा खुंखार मिटरब्याजी राजकुमार श्रेष्ठ पक्राउ परेका छन्

आइएमई ग्रुपद्वारा प्रधानमन्त्रीलाई डेढ करोडको चेक हस्तान्तरण

काठमाडौँ, कात्तिक २१  गते । आइएमई ग्रुप तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले जाजरकोट

नक्कली भ्याट बिल बनाउनेलाई सतप्रतिशत जरिमाना

 कार्तिक ०२, २०८० | काठमाडौं । सर्वोच्च अदालतले नक्कली भ्याट बिल निर्माण गरी राजस्व छल्नेमाथि

नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि

कात्तिक १, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको छ । नेप्से

नेपाल–कोरिया उडानमा प्राधिकरण नै बाधक

आश्विन २६, काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले दक्षिण कोरिया सिधा