दोहोरो अङ्कले घट्यो नेप्से

कात्तिक २६,काठमाडौं  : धितोपत्र बजारमा आज पनि शेयरको मूल्यमा दोहोरो अङ्कको गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार कारोवार मापक नेप्से परिसूचक १३ दशमलव ०३ विन्दुले ओरोलो लागेर एक हजार १९२ दशमलब ७५ विन्दुमा पुगेको छ । 

प्रतिशतका आधारमा आज पनि बजार एक प्रतिशत बढीले घटेको हो । ‘क’ वर्गका कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक २ दशमलव ६६ विन्दुले घटेर २५३ दशमलव ४२ विन्दुमा पुगेको छ । नेप्से मात्रै नभइ कारोवार रकममा पनि गिरावट आएको छ । कूल १३१ कम्पनीको चार लाख ४३ हजार ३५५ कित्ता शेयर रु १३ करोड ३७ लाख ७९ हजार ७९६ मूल्यमा खरिद बिक्री भएको हो । 

स्टककाअनुसार आज कूल नौ उपसमूहको शेयर कारोवार भएकामा वित्त उपसमूहको शेयर मात्रै उकालो लागेको छ । सो उपुसमूहको शेयर शून्य दशमलव ४२ बिन्दुले बढेको हो । यस्तै बैङ्किङ १०, होटल ११ दशमलव २१, विकास बैंक ७ दशमलव ६३, जलविद्युत् १८ दशमलव ७४, निर्जीवन बिमा १०१ दशमलव ६१, अन्य ९ दशमलव दुई, माइक्रोफाइनान्स २२ दशमलव ९८ र जीवन बिमा ९१ दशमलव ९१ विन्दुले ओरालो लागेको छ । 

घटेको बजारमा नबिल इक्विटी फण्ड, ओरियन्टल होटल र नागबेली लघुवित्त वित्तीय संस्थाका शेयरधनीले कमाएका छन् । अपि पावर कम्पनी, आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था, मिर्मिरे लघुवित्त वित्तीय संस्था र युनाइटेड इन्स्योरेन्स कम्पनीका शेयरधनीले गुमाएका छन् । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

गाडी भाडा वृद्धि

  चैत २५, काठमाडौँ । सरकारले सार्वजनिक यातायातको भाडादर वृद्धि गरेको छ। इन्धनको मूल्यमा भएको

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

अर्थमन्त्री खनाल र एसियाली विकास बैंकका अध्यक्षबिच भेट

वाशिङ्टन डिसी (अमेरिका), असोज ३० गते । विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा रहनुभएका अर्थमन्त्री

नेपाल विद्युत प्राधिकरणद्धारा २४ वटा सौर्य आयोजनको पीपीए स्वीकृत

काठमाडौँ, असोज १२ ।नेपाल विद्युत प्राधिकरण (नेपा) ले २४ वटा सौर्य ऊर्जा आयोजनासँग विद्युत खरिद

सरकारका नीतिप्रति दातृ निकायहरूको समर्थन व्यक्त

काठमाडौं, असोज १० (शुक्रबार)। अर्थ मन्त्रालयमा आज स्थानीय दातृ निकाय र अन्तर्राष्ट्रिय साझेदार निकायका प्रमुखहरूसँग

नेपालमा लगानी गर्न कुनै अवरोध छैन : प्रधानमन्त्री ओली

काठमाडौँ, भदौ ३ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी तथा उद्यम गर्न कुनै अवरोध