बुधबार ५० लाख कित्ता सेयर सूचीकृत

सेयर लगानीकर्ताले थप ५० लाख कित्ता सेयर किनबेच गर्न पाउने भएका छन् । नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा तीन कम्पनीका ५० लाख २ हजार ३ सय ६१ दशमलव १२ बोनस र हकप्रद सेयर सूचीकृत भएका हुन् ।

नेप्सेमा अनुसार बुधबार सुर्या लाइफ इन्स्योरेन्सको १२ लाख १२ हजार ७ सय ५० कित्ता बोनस, पोखरा फाइनान्सको ६ लाख २२ हजार ९ सय ३३ दशमलव ४९ कित्ता बोनस तथा प्रभु इन्स्योरेन्सको ३१ लाख ६६ हजार ६ सय ७७ दशमलव ६३ कित्ता हकप्रद सेयर सूचीकृत भएका हुन् ।

यसैबीच बुधबार थप एक कम्पनीको सेयर कारोबार फुकुवा भएको छ । वार्षिक नवीकरण शुल्क बुझाएपछि नेप्सेले जनउत्थान सामुदायिक लघुवित्तको कारोबार सुचारु गरेको हो । गत आइतबार उक्त कम्पनीसहित २६ वटा कम्पनीको कारोबार रोक्का गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

झिनो अङ्कले घट्यो नेप्से

फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।

मिटरब्याजी तथा सहकारी ठग राजकुमार श्रेष्ठ पक्राउ

 कात्तिक २८ ,काठमाडौं । सहकारी ठगीका अभियुक्त तथा खुंखार मिटरब्याजी राजकुमार श्रेष्ठ पक्राउ परेका छन्

आइएमई ग्रुपद्वारा प्रधानमन्त्रीलाई डेढ करोडको चेक हस्तान्तरण

काठमाडौँ, कात्तिक २१  गते । आइएमई ग्रुप तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले जाजरकोट

नक्कली भ्याट बिल बनाउनेलाई सतप्रतिशत जरिमाना

 कार्तिक ०२, २०८० | काठमाडौं । सर्वोच्च अदालतले नक्कली भ्याट बिल निर्माण गरी राजस्व छल्नेमाथि

नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि

कात्तिक १, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको छ । नेप्से

नेपाल–कोरिया उडानमा प्राधिकरण नै बाधक

आश्विन २६, काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले दक्षिण कोरिया सिधा