सुन तस्करी एवं सनम शाक्य हत्या प्रकरणमा दुबईमा पक्राउ परेका बेनु श्रेष्ठलाई नेपाल ल्याइएको छ।

अन्तराष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल)को रेड नोटिसका आधारमा संयुक्त अरब इमिरेटस् (युएई) प्रहरीले गत साउनमा पक्राउ गरेका बेनुलाई आइतबार काठमाडौं ल्याइएको हो।
लामो प्रयासपछि श्रेष्ठलाई पक्राउ गरेर ल्याउन प्रहरी सफल भएको हो ।
उनलाई लिन जिल्ला प्रहरी कार्यालय मोरङको टोली सोमबार काठमाडौं आउँदै छ। मोरङ प्रहरी प्रमुख एसपी मनोज केसीले बेनुलाई सोमबार काठमाडौं ल्याउन टोली पठाउने तयारी भइरहेको जानकारी दिए।
काठमाडौंकाे न्यूरोडस्थित सुन पसलका सञ्चालक रहेका बेनुले नै सनम शाक्य हत्याका मुख्य अभियुक्त टेकराज मल्ललाई तस्करीमा प्रयोग गरेका थिए। बेनुको पसलमा काम गर्ने मल्ललाई उनले नै सुन भरियाका रुपमा प्रयोग गर्न गोरेको जिम्मा लगाएकाे अनुसन्धानबाट खुलेकाे थियाे।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर हुने सुन तस्करीमा लामो समयदेखि सक्रिय रहेका बेनु दुबईमा लुकेर बसेको अवस्थामा पक्राउ परेका थिए। उनले हुण्डीमार्फत् नेपालबाट जाने रकम दुबईमा संकलन गर्थे। उनले नै भरियामार्फत् सुन नेपाल पठाउँदै आएका थिए।
दुबईमै पक्राउ परेका श्रेष्ठका व्यावसायिक साझेदार तथा चूडामणि उप्रेती ‘गोरे’का भाइ रमेश उप्रेतीलाई पनि नेपाल ल्याउने प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
चूडामणि उप्रेती ‘गोरे’सहित १३ जनाविरुद्ध इन्टरपोलले वारेन्ट नोटिस जारी गरेको थियो।
काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।