
काठमाडौं, २१ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले ‘समृद्ध नेपालः सुःखी नेपाली’ को परिकल्पनालाई साकार पार्न अल्पकालीन, मध्यकालीन र दीर्घकालीन रणनीतिक कार्ययोजना बनाउन सरकारलाई सुझाव दिएकी छन्।
आइतबार काठमाडौंमा आयोजित वातावरण सम्मेलनमा राष्ट्रपति भण्डारीले स्वच्छ वातावरण निर्माणमा सबै नागरिकले विशेष ध्यान दिनुपर्नेमा पनि जोड दिइन्। उनले वातावरण प्रदुषण हुन नदिन र जलवायु परिवर्तनको प्रभावलाई न्यूनिकरण गर्दै लैजान तीन वटै तहका सरकारले मिलेर काम गर्नुपर्ने पनि स्पष्ट पारिन्।
राष्ट्रपति भण्डारीले वायु प्रदुषण न्यूनिकरणका लागि पेट्रोलियम पदार्थलगायतका वायु प्रदुषण गर्ने स्रोतहरुमा लगाइएको कर सदुपयोग गर्न सरकारको गम्भिर ध्यानाकर्षण गराइन्।
कार्यक्रममा वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले वातावरण विनाशलाई रोक्न प्रभावकारी कदम चाल्ने प्रतिवद्धता व्यक्त गरे। उनले जलवायु परिवर्तनले जनजीवनमा पारेको प्रभावकारी रोक्न सरकार लागि पर्ने पनि बताए।
काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।