अाज नेप्सेमा सामान्य सुधार

 साताको तेस्रो दिन नेप्से परिसूचकमा सामान्य सुधार आएको छ । गत साताको अन्तिम दुई दिनदेखि घटिरहेको सेयर बजारले मंगलबार भने लगानीकर्तालाई खुसीको सन्देश दिएको हो ।

साताको तेस्रो दिन कारोबार सुरु भएको दश मिनेट घटेर कारोबार सुरु भएको पौने घण्टासम्म उकालो लोगेको नेप्से सोही बिन्दुमा अडिन नसक्दा उच्च अंकको सुधार आत्मासात् गर्न नसकेको हो । केही समयमै पहिलेको बिन्दुमा फर्किएर बढ्न बारम्बार प्रयास गरेपनि नेप्से उकालो लाग्न सकेन । 

अन्ततः नेप्से परिसूचक २ दशमलव ६९ अंकले बढेर १ हजार २ सय ४१ दशमलव ३६ अंकमा पुगेको हो ।नेप्से बढ्दा यसदिन ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि शून्य दशमलव ६५ अंकले बढेर २ सय ६३ दशमलव ४५ अ्रकमा पुगेको छ । तर, कारोबार रकम भने घटेको छ । अघिल्ले दिन करिब ५४ करोड रुपैयाँको कारोबार भएको सेयर बजारमा यसदिन ४५ करोड १९ लाख ९३ हजार ४ सय ८५ रुपैयाँको कारोबार भयो । यसक्रममा बजारमा १ सय ७१ कम्पनीका २० लाख ३१ हजार कित्ता सेयर खरिदबिक्री भए ।

नेप्से बढ्दा मंगलबार कारोबारमा आएका ११ समूहमध्ये ६ वटा समूहको समूहगत उपसूचक बढ्यो । बढ्नेमा जीवन बीमा कम्पनी सर्वाधिक १४ दशमलव ६२ अंकले उकालो लाग्दा निर्जीवन बीमा समूह पनि १२ दशमलव १५ अ्कले सुधारियो ।
यसदिन कारोबारमा आएका कम्पनीमध्ये सबैभन्दा धेरै कारोबार ग्लोबल आईएमई बैंकको सेयरको भयो । बैंकका १ लाख १५ हजार ७ सय ९७ कित्ता सेयर ३ करोड ६५ लाख रुपैयाँमा किनबेच भए ।कारोबार रकमको आधारमा सानिमा माई हाइड्रोपावर र माछापुच्छ्रे बैंक दोस्रो र तेस्रो स्थानमा रहे ।

नेप्सेब बढेको दिन मंगलबार नापेड लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै कमाए । कम्पनीको सेयर मूल्य ९ दशमलव ९२ प्रतिशतले बढ्दा भातर्वः विकास बैंकको सेयर मूल्य भने ९ दशमलव ३५ प्रतिशतले घट्यो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

गाडी भाडा वृद्धि

  चैत २५, काठमाडौँ । सरकारले सार्वजनिक यातायातको भाडादर वृद्धि गरेको छ। इन्धनको मूल्यमा भएको

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

अर्थमन्त्री खनाल र एसियाली विकास बैंकका अध्यक्षबिच भेट

वाशिङ्टन डिसी (अमेरिका), असोज ३० गते । विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा रहनुभएका अर्थमन्त्री

नेपाल विद्युत प्राधिकरणद्धारा २४ वटा सौर्य आयोजनको पीपीए स्वीकृत

काठमाडौँ, असोज १२ ।नेपाल विद्युत प्राधिकरण (नेपा) ले २४ वटा सौर्य ऊर्जा आयोजनासँग विद्युत खरिद

सरकारका नीतिप्रति दातृ निकायहरूको समर्थन व्यक्त

काठमाडौं, असोज १० (शुक्रबार)। अर्थ मन्त्रालयमा आज स्थानीय दातृ निकाय र अन्तर्राष्ट्रिय साझेदार निकायका प्रमुखहरूसँग

नेपालमा लगानी गर्न कुनै अवरोध छैन : प्रधानमन्त्री ओली

काठमाडौँ, भदौ ३ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी तथा उद्यम गर्न कुनै अवरोध