धितोपत्र बजारमा आज शेयरको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ३.७४ बिन्दुले घटेर एक हजार २५५.०७ बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.५१ बिन्दुले घटेर २६६.०९ बिन्दुमा पुगेको छ । कूल १६७ कम्पनीको २० लाख १५ हजार ८२९ कित्ता शेयर रु ५५ करोड ५० लाख ६१ हजार ५०२ मूल्यमा कारोवार भएको स्टकले जनाएको छ । नेप्से परिसूचक घटे पनि कारोवार रकममा भने वृद्धि भएको छ ।
तीन उपसमूहको शेयर मूल्यमा वृद्धि भए पनि अरु उपसमूहको शेयर भने ओरालो लागेको छ । होटल २०.५७, विकास बैंक ४.६९ र अन्यको १.८३ बिन्दुले बढे पनि बैंकिङ १.६५, जलविद्युत् ७.७९, फाइनान्स ०.४८, निर्जीवन बीमा १०७.४८, उत्पादन ५.५१, माइक्रो फाइनान्स ५.०६, जीवन बीमा ७९.८१ बिन्दुले घटेको छ । व्यापार समूहको भने कुनै पनि कारोवार भएन ।(रासस)
फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।
कात्तिक २८ ,काठमाडौं । सहकारी ठगीका अभियुक्त तथा खुंखार मिटरब्याजी राजकुमार श्रेष्ठ पक्राउ परेका छन्
काठमाडौँ, कात्तिक २१ गते । आइएमई ग्रुप तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले जाजरकोट
कार्तिक ०२, २०८० | काठमाडौं । सर्वोच्च अदालतले नक्कली भ्याट बिल निर्माण गरी राजस्व छल्नेमाथि
कात्तिक १, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको छ । नेप्से
आश्विन २६, काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले दक्षिण कोरिया सिधा