September 13, 2018

दोहोरो अङ्कले बढ्यो शेयर बजार

शेयर बजार आज पनि दोहोरो अङ्कले वृद्धि भएको छ । लगातार उकालो लाग्दै आएको बजार आज नयाँ विन्दुमा पुगेको हो ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १४.१३ विन्दुले बढेर एक हजार २४४.८४ विन्दुमा पुगेको छ । ‘क’ वर्गका कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ३.४७ विन्दुले बढेर २६४.२७ विन्दुमा पुगेको छ । आज कारोवार रकममा समेत वृद्धि भएको छ ।

कूल १७३ कम्पनीको २७ लाख ११ हजार ११० कित्ता शेयर रु ७२ करोड ९८ लाख पाँच हजार ५४६ मूल्यमा खरीद–बिक्री भएको छ । आज तीन उपसमूहको शेयर मूल्य भने घटेको छ । निर्जीवन बीमा ४१.४१, माइक्रोफाइनान्स ०.६९ र जीवन बीमा ११.१८ विन्दुले घट्दा बैंकिङ १६.२, होटल ३२.१९, विकास बैंक ११.२७, जलविद्युत् ४.५३, फाइनान्स २.२, उत्पादन २.०६ र अन्य उपसमूह २२.२९ विन्दुले वृद्धि भएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

झिनो अङ्कले घट्यो नेप्से

फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।

मिटरब्याजी तथा सहकारी ठग राजकुमार श्रेष्ठ पक्राउ

 कात्तिक २८ ,काठमाडौं । सहकारी ठगीका अभियुक्त तथा खुंखार मिटरब्याजी राजकुमार श्रेष्ठ पक्राउ परेका छन्

आइएमई ग्रुपद्वारा प्रधानमन्त्रीलाई डेढ करोडको चेक हस्तान्तरण

काठमाडौँ, कात्तिक २१  गते । आइएमई ग्रुप तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले जाजरकोट

नक्कली भ्याट बिल बनाउनेलाई सतप्रतिशत जरिमाना

 कार्तिक ०२, २०८० | काठमाडौं । सर्वोच्च अदालतले नक्कली भ्याट बिल निर्माण गरी राजस्व छल्नेमाथि

नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि

कात्तिक १, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको छ । नेप्से

नेपाल–कोरिया उडानमा प्राधिकरण नै बाधक

आश्विन २६, काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले दक्षिण कोरिया सिधा