चीनलाई पनि नेपाल सरकारले नक्कली लुम्बिनी बनाउन अनुमती दिएको छ । भारतले आफ्नो भुमिमा नक्कली लुम्बिनी बनाएर प्रचार गरेको भन्दै नेपालीमा चिन्ता व्यक्त भइरहेको बेलामा नेपाल सरकारले चीनलाई पनि नक्कली लुम्बिनी बनाउन अनुमती दिने भएको हो । भारतले आफ्नो भुमिमा नक्कली ‘नक्कली कपिलवस्तु’ बनाइसकेको छ ।

पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको नेतृत्वमा चीन भ्रमणमा गएको टोलीले चीनलाई नक्कली लुम्बिनी बनाउन सहमती दिएको खुलासा भएको हो । सहमति अनुसार लुम्बिनीमा रहेको मायादेवीको मन्दिर र अशोक स्तम्भ चीनको सिन्चुवान प्रान्तको लशानमा बन्ने भएको छ । उता नक्कली कपिलवस्तु बनाएकै भरमा भारतले गौतम बुद्ध भारतमा जन्मिएको दाबी गर्दै आइरहेको छ ।
सरकारले चीनलाई अनुमती दिएपछि लुम्बिनीको हुबहु नक्कल बनाएर ‘नक्कली लुम्बिनी’ खडा गर्ने चिन्ता उत्पन्न भएको भन्दै जानकारीहरु चिन्तीत भएका छन् । स्रोतका अनुसार सहमति पत्रमा मायादेवीको मन्दिर र अशोक स्तम्भ बनाउने सहमति भए पनि कति आकार प्रकारको बनाउने भन्ने खुलाइएको छैन ।
सिन्चुवान प्रान्तमा सेप्टेम्बर ६ देखि ९ सम्म भएको अन्तर्राष्ट्रिय पर्यटन मेलामा मन्त्री अधिकारीसहितको टोली चीन गएको थियो । भारतले आफ्नो भुमिमा बुद्ध जन्मिएको भनी दाबी गर्दा बिरोध गर्ने नेपालीले चीनलाई नक्कली लुम्बिनी बनाउ दिने सरकारको सहमती पनि बिरोध गर्नुपर्नेमा जानकारहरुले जोड दिएका छन् ।
कार्तिक ११, काठमाडौँ । गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीमा परी
काठमाडौं, २६ असोज। सर्वोच्च अदालतले गैरकानुनी रूपमा बर्खास्त गरिएका श्रमिकलाई पुनर्बहाली नगर्ने अवस्थामा क्षतिपूर्ति निर्धारण
काठमाडौँ, असोज २४। उपत्यकामा एउटा ब्रान्डको ग्यास सिलिन्डर अर्कोसँग सहजै साट्न नपाएर हैरानी खेपिरहेका उपभोक्ताका
जलवायु परिवर्तनको भारी: नेपालले कुल कार्बन उत्सर्जनमा ०.१ प्रतिशतभन्दा कम योगदान दिए पनि ठूलो मूल्य
असोज ८,काठमाडौं । सर्वोच्च अदालतले राजनीतिक विश्लेषक भरत दाहाललाई थुनामुक्त गर्न परमादेश जारी गरेको छ।दाहालकी
काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका