चीनमा ‘नक्कली लुम्बिनी’ बनाउन नेपाल सरकारले दियो सहमती !

चीनलाई पनि नेपाल सरकारले नक्कली लुम्बिनी बनाउन  अनुमती दिएको छ । भारतले आफ्नो भुमिमा नक्कली लुम्बिनी बनाएर प्रचार गरेको भन्दै नेपालीमा चिन्ता व्यक्त भइरहेको बेलामा नेपाल सरकारले चीनलाई पनि नक्कली लुम्बिनी बनाउन अनुमती दिने भएको हो । भारतले आफ्नो भुमिमा नक्कली ‘नक्कली कपिलवस्तु’ बनाइसकेको छ ।

lumbini-temple-nepal

पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको नेतृत्वमा चीन भ्रमणमा गएको टोलीले चीनलाई नक्कली लुम्बिनी बनाउन सहमती दिएको खुलासा भएको हो । सहमति अनुसार लुम्बिनीमा रहेको मायादेवीको मन्दिर र अशोक स्तम्भ चीनको सिन्चुवान प्रान्तको लशानमा बन्ने भएको छ । उता नक्कली कपिलवस्तु बनाएकै भरमा भारतले गौतम बुद्ध भारतमा जन्मिएको दाबी गर्दै आइरहेको छ ।

सरकारले चीनलाई अनुमती दिएपछि लुम्बिनीको हुबहु नक्कल बनाएर ‘नक्कली लुम्बिनी’ खडा गर्ने चिन्ता उत्पन्न भएको भन्दै जानकारीहरु चिन्तीत भएका छन् । स्रोतका अनुसार सहमति पत्रमा मायादेवीको मन्दिर र अशोक स्तम्भ बनाउने सहमति भए पनि कति आकार प्रकारको बनाउने भन्ने खुलाइएको छैन ।

सिन्चुवान प्रान्तमा सेप्टेम्बर ६ देखि ९ सम्म भएको अन्तर्राष्ट्रिय पर्यटन मेलामा मन्त्री अधिकारीसहितको टोली चीन गएको थियो । भारतले आफ्नो भुमिमा बुद्ध जन्मिएको भनी दाबी गर्दा बिरोध गर्ने नेपालीले चीनलाई नक्कली लुम्बिनी बनाउ दिने सरकारको सहमती पनि बिरोध गर्नुपर्नेमा जानकारहरुले जोड दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

सरकारी निवेदनमा अब एकरूप ढाँचा

  काठमाडौँ, साउन २७ गते । सरकारले सरकारी कार्यालयमा सेवाग्राहीले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा