साफ च्याम्पियनशिपको सेमिफाइनलमा बुधबार नेपाल माल्दिभ्सविरुद्ध मैदानमा उत्रिँदैछ ।
बंगलादेशको ढाकामा रहेको बंगबन्धु रंगशालामा हुने खेल नेपाली समय अनुसार पौने चार बजे हुनेछ । प्रतियोगिताका लागि नेपाली टिमले मंगलबार सामान्य अभ्यास गरेको छ ।
सेमिफाइनलको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपाली टिमका प्रशिक्षक बालगोपाल महर्जनले बुधबारको दिन नेपाली फुटबलका लागि ऐतिहासिक क्षण बन्ने दावी गर्नुभयो ।
समग्रमा चौथो पटक सेमिफाइनलमा पुगे पनि नेपाल अहिलेसम्म फाइनलमा पुगेको छैन ।
‘हामीले अहिलेसम्म फाइनलको यात्रा तय गर्न सकेका छैनौं । भोलीको खेल नेपाली फुटबलको लागि ऐतिहासिक क्षण बन्नेछ,’ प्रशिक्षक महर्जनले भन्नुभयो ।
‘व्यक्तिगत रुपमा खेलाडीहरु क्षमतावान छन् । दिनप्रतिदिन मेरा खेलाडीहरु प्रदर्शनमा सुधार गर्दैछन्’ प्रशिक्षक महर्जनले भन्नुभयो,‘हामीले तीन खेलमा सात गोल गरिसकेका छौं । हाम्रा खेलाडीहरु स्कोरमा निकै राम्रो देखिएका छन् । बेन्चमा बसेका खेलाडी पनि गोल गर्न सक्षम छन् ।’
नेपालका कप्तान विराज महर्जनले अघिल्ला खेलको प्रदर्शनले गर्दा टिममा आत्मविश्वास बढेको प्रतिक्रिया दिनुभयोे ।
‘सेमिफाइनलमा प्रतिद्वन्द्वीका रुपमा माल्दिभ्स पाउँदा खुसी छौं । हामी उत्कृष्ट खेल्नेछौं, जित निकाल्नेमा विश्वस्त छौं,’ कप्तान विराजको भनाई छ ।
माल्दिभ्सका प्रशिक्षक पिटर सेग्रटले अघिल्लो खेलभन्दा राम्रो खेल्ने प्रतिक्रिया दिए । समूह चरणको खेलमा माल्दिभ्सले कुनै पनि गोल गर्न सकेको थिएन । पहिलो खेलमा श्रीलंकासँग गोलरहित बराबरीमा अंक बाँडेको माल्दिभ्स दोस्रो खेलमा भारतसँग २–० ले पराजित भएको थियो ।
श्रीलंका र माल्दिभ्सको समान गोलअन्तर भएका कारण टस गरेर उपविजेताको छिनोफानो भएको थियो, जसमा माल्दिभ्स भाग्यमानी सावित भएको थियो ।
प्रशिक्षक सेग्रटले भने,‘हामी अघिल्लो खेलभन्दा राम्रो खेल्ने प्रयास गर्नेछौं । नेपालको धेरै राम्रो टिम छ ।’
साफ च्याम्पियनसिपमा नेपाल र माल्दिभ्स अहिलेसम्म जम्मा ६ पटक खेलेका छन् । जसमा चार खेल माल्दिभ्सले जितेको छ भन दुई खेल बराबरीमा सकिएको थियो । साफ च्याम्पियसिपको सन् २००९ र २०११ को संस्करणमा बराबरी गर्न सफल नेपाल त्यसअघि भएका संस्करणमा भने पराजित भएको थियो ।
समग्रमा भने नेपाल र माल्दिभ्स १५ पटक खेलेका छन् । नेपालले चार खेल जितेको छ भने सात खेलमा पराजय भोगेको छ । बाँकी चार खेल बराबरीमा सकिएका छन् । नेपाल र माल्दिभ्स अन्तिम पटक सन् २०१२ मा मैत्रिपूर्ण खेलमा भिडेका थिए । जसमा नेपाल २–१ ले पराजित भएको थियो ।
अहमदावाद, भारत — भारतको अहमदावादमा जुन ४ देखि ८, २०२६ सम्म सम्पन्न प्रथम विश्व योग च्याम्पियनसिपमा
काठमाडौँ, जेठ २८ । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी) का अध्यक्ष विनोद श्रेष्ठले नेपालमा
अधिवक्ता तारा निधि पन्त नेपालको अर्थतन्त्रमाथि छाया अर्थतन्त्र (Shadow Economy) को प्रभाव दिनप्रतिदिन गहिरिँदै गएको
काठमाडौँ, वैशाख १७ । सार्वजनिक पदमा रहेका तथा सेवा निवृत्त उच्च पदाधिकारीको सम्पत्ति छानबिन गर्न
बैशाख १५, काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले १३७औं अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस)
काठमाडौँ, वैशाख १४ । सवारी चालक अनुमतिपत्र (क्यूआरयुक्त ड्राइभिङ लाइसेन्स) छापिएको वा नछापिएको अवस्था अब