डलरसँगै नेपालीले काम गर्ने देशका पैसाको भाउ बढ्यो

डलरको भाउ लगातार बढ्दा नेपाली काम गर्ने देशमा पनि पैसाको भाउ बढेको छ ।

exchange_rate_jKAUvpOA73

डलरको भाउसँगै साउदी र कतारी रियाल, युएई दिर्हाम, मलेसियन रिंगिट, बहराइन र कुवेती दिनार लगायत विदेशी मुद्राको भाउ बढेको हो । यसबाट वैदेशिक रोजगारीमा रहेका नेपालीलाई फाइदा पुगेको छ । 

गएको आइतबार डलरको भाउ १ सय १३ रुपैयाँ ८९ पैसा रहेकोमा त्यसपछि लगातार बढ्दै शुक्रबार डलरको भाउ एकसय १५ रुपैयाँ ४८ पैसा पुगेको छ ।

आइतबार एक डलरको खरिददर १ सय १३ रुपैयाँ २९ पैसा र बिक्रिदर एक सय १३ रुपैयाँ ८९ पैसा थियो । शुक्रबार एक डलरको खरिददर १ सय १४ रुपैयाँ ८८ पैसा र बिक्रिदर एक सय १५ रुपैयाँ ४८ पैसा पुगेको छ ।

कुवेती र बहराइन दिनारको भाउ धेरै बढ्यो 

यो हप्ता कुवेती दिनार र बहराइन दिनारको भाउ सबैभन्दा धेरैले बढेको छ । कुवेती दिनारको भाउ ५ रुपैयाँ ७ पैसाले बढेको छ । यस्तै, बहराइन दिनारको भाउ ४ रुपैयाँ ३ पैसाले बढेको छ ।

आइतबार कुवेती दिनार एकको खरिददर ३ सय ७४ रुपैयाँ २७ पैसा र बिक्रिदर ३ सय ७६ रुपैयाँ २५ पैसा थियो भने शुक्रबार कुवेती दिनार एकको खरिददर ३ सय ७९ रुपैयाँ ३४ पैसा छ र बिक्रिदर ३ सय ८१ रुपैयाँ ३२ पैसा पुगेको छ ।  

आइतबार बहराइन दिनार एकको खरिददर ३ सय रुपैयाँ ३५ पैसा र बिक्रिदर ३ सय १ रुपैयाँ ९४ पैसा थियो भने शुक्रबार खरिददर ३ सय ०४ रुपैयाँ ६५ पैसा र बिक्रिदर ३ सय ०६ रुपैयाँ २४ पैसा पुगेको छ । 

साउदी र कतारी रियाल

यो हप्ता साउदी रियालको भाउ ४२ पैसाले बढेको छ भने कतारी रियालको भाउ ४३ पैसाले बढेको छ ।

नेपाल राष्ट्र बैंकले आइतबार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर ३० रुपैयाँ २१ पैसा र बिक्रिदर ३० रुपैयाँ ३७ पैसा थियो । शुक्रबार एक साउदी रियालको खरिददर ३० रुपैयाँ ६३ पैसा र बिक्रिदर ३० रुपैयाँ ७९ पुगेको छ । 

यस्तै आइतबार कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ १२ पैसा र बिक्रिदर ३१ रुपैयाँ २८ पैसा  रहेकोमा शुक्रबार कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ५५ र बिक्रिदर ३१ रुपैयाँ ७१ पैसा पुगेको छ । 

युएई दिर्हाम 

आइतबारदेखि शुक्रबारसम्ममा युएई दिहार्मको भाउ ४४ पैसा बढेको छ । आइतबार युएई दिर्हाम एकको खरिददर ३० रुपैयाँ ८४ पैसा र बिक्रिदर ३१ रुपैयाँ ०१ पैसा थियो भने शुक्रबार युएई दिर्हाम एकको खरिददर ३१ रुपैयाँ २८ पैसा र बिक्रिदर ३१ रुपैयाँ ४४ पैसा पुगको छ । 

मलेसियन रिंगिट र कोरियन वन 

यो हप्ता मलेसिया रिंगिट भाउ १५ पैसा बढेको छ भने कोरियन वनको भाउ ११ पैसा बढेको छ । 

आइतबार एक मलेसियन रिंगिटको खरिददर २७ रुपैयाँ ५७ पैसा र बिक्रिदर २७ रुपैयाँ ७१ पैसा रहेकोमा शुक्रबार बढेर खरिददर २७ रुपैयाँ ७२ पैसा र बिक्रिदर २७ रुपैयाँ ८६ पुगेको छ । 

यस्तै आइतबार १ सयको खरिददर १० रुपैयाँ १३ र बिक्रिदर १० रुपैयाँ १८ पैसा रहेको कोरियन वनको भाउ शुक्रबार १ सयको खरिददर १० रुपैयाँ २४ र बिक्रिदर १० रुपैयाँ ३० पैसा पुगेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

यो बेला पैसा पठाउँदा फाइदा 

अन्तर्राष्ट्रिय बजारमा डलरको माग बढेको र डलरको तुलनामा भारतीय मुद्रा निकै कमजोर भएकाले नेपाली बजारमा पनि डलरको भाउ बढेको हो । 

डलरको भाउ बढ्दा अर्थतन्त्रका अरु क्षेत्रमा असर परे पनि रेमिट्यान्समा फाइदा पुग्छ । यो हप्ता आइतबारदेखि शुक्रबारसम्मको अवधिमा सबैभन्दा धेरै कुवेती र बहराइन दिनारको भाउ बढेको छ । 

‘विदेशमा काम गरिरहेका नेपालीलाई पैसा पठाउने सुनौलौ मौका आएको छ’ नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नरबहादुर थापाले भन्नुभयो, ‘डलरको भाउ बढ्दाको मुख्य फाइदा नै यही हो ।’

दसैँ नजिकिंदै गएको छ । धेरैजसो नेपालीले दसैँको छेका पारेर पैसा पठाउने गरे पनि अहिले पैसाको भाउ बढेकाले यो बेला पैसा पठाउँदा फाइदा हुन्छ । 

डलरको भाउ बढ्दा हुने फाइदा भनेकै विदेशमा बस्ने नेपालीले पैसा पठाउँदा हुने हो । डलरको भाउ सस्तिएसँगै अरु देशको पैसाको भाउ पनि घट्न सक्छ । त्यसैले तपाईँसँग पैसा छ र पठाउने योजनामा हुनुहुन्छ भने यो समय उपयुक्त हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उच्च पदाधिकारीको सम्पत्ति छानबिन सुरु

काठमाडौँ, वैशाख १७ ।  सार्वजनिक पदमा रहेका तथा सेवा निवृत्त उच्च पदाधिकारीको सम्पत्ति छानबिन गर्न

मे दिवसको सन्दर्भमा  जिफन्टको  घोषणा: “अबको श्रमिक आन्दोलन नयाँ ढंगले अगाडि बढाउँँछाै”

बैशाख १५, काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले १३७औं अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस)

नागरिक एपमै ड्राइभिङ लाइसेन्स छापिएको अवस्था हेर्न सकिने

काठमाडौँ, वैशाख १४ । सवारी चालक अनुमतिपत्र (क्यूआरयुक्त ड्राइभिङ लाइसेन्स) छापिएको वा नछापिएको अवस्था अब

संविधान संशोधन बहसपत्र कार्यदलको बैठक सिंहदरबारमा सुरु

वैशाख १०, २०८३। संविधान संशोधनसम्बन्धी बहसपत्र तयार गर्ने कार्यदलको बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा

चौतर्फी बिरोधपछि २७ दिनमै राजीनामा दिन बाध्य भए गृहमन्त्री सुदन गुरुङ

काठमाडौं, बैशाख ९ । गृहमन्त्री सुदन गुरुङले पद सम्हालेको २७ दिनमै राजीनामा दिएका छन्। विवादित

ट्रेड युनियनको व्यवस्थापन कसरी ?

सरकार या व्यवस्थापनसमक्ष श्रमिक कर्मचारीका तर्फबाट सामूहिक सौदाबाजी आधिकारिक ट्रेड युनियनले मात्र गर्न पाउँछ राष्ट्रिय