आतंकवादविरुद्ध एकजुट हुनुपर्छ : भारतीय प्रधानमन्त्री मोदी

भाद्र १४ ,

काठमाडौं– भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आतंकवादविरुद्ध एकजुट हुनुपर्नेमा जोड दिएका छन्। उनले विमस्टेक क्षेत्रमा आर्थिक प्रगति र सामरिकताका लागि शान्ति सुरक्षाको वातावरण हुनुपर्ने बताए।

आजदेखि काठमाडौंमा सुरु भएको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलनलाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री मोदीले आतंकवाद र आतंकवादसँग जोडिएको लागुपदार्थको नियन्त्रणका लागि एकतामा जोड दिएका हुन्। ‘विमस्टेकमा आतंकवाद र लागुपदार्थको समस्यासँग नजोडिएको कुनै राष्ट्र छैन्। यसको सामना गर्न हामीहरु एकजुट हुनुपर्छ। यसका लागि यथोचित कानुन र नियमको चेम्बर खडा हुनुपर्छ’, उनले भने। आतंकवादविरुद्ध लड्नका लागि रणनीति बनाउन सदस्य राष्ट्रका सेना प्रमुखहरुको सम्मेलन गर्न भारत तयार रहेका पनि उनले बताए। 

आफ्नो सम्बोधनका क्रममा आतंकवाद नियन्त्रणलाई जोड दिएका मोदीले यसमा सदस्य राष्ट्रका महिला सांसदहरुको सम्पर्क एक सहायक सुत्र हुन सक्ने जिकिर गरे। उनले महिला सांसदहरुको विमस्टेक महिला समूह स्थापना गर्नुपर्ने प्रस्ताव पनि गरे।

सदस्य राष्ट्रको आशा, अभिशाला र सामूहिक योजनालाई ठोस र मजबुद बनाउन चौथो विमस्टेक सम्मेलनको सफलता महत्वपूर्ण हुने भन्दै मोदीले अध्यक्ष राष्ट्र नेपाललाई धन्यवाद ज्ञापन गरे। ‘अगाडि भारत तपाईहरुसँग काँधमा काँध मिलाएर अघि बढ्न तयार छ’, मोदीले भने। 

उनले भारतमा आगामी अक्टुबरमा आयोजना हुने इण्डिया मोबाइल कांग्रेसमा भाग लिन विमस्टेक सदस्य राष्ट्रलाई आग्रह समेत गरे। विमस्टेक राष्ट्रको सम्पर्कलाई प्रोत्साहन दिन विमस्टेक युवा सम्मेलनको प्रस्ताव पनि उनले गरे।  

बंगाल खाडी क्षेत्रमा कला, संस्कृति कानुनको अनुसन्धान गर्नका लागि नालन्दा विश्वविद्यालयमा रिसर्च सेन्टर स्थापना गर्ने घोषणा पनि मोदीले गरे। 

विमस्टेक राष्ट्रहरु हिमालय क्षेत्रसँग जोडिएकाले प्राकृतिक विपत्तीको सामना गर्दै आएको भन्दै उनले यस्तो संकटमा हाम्रो सहयोग र समन्वय एकदम आवश्यक रहेको औल्याए। ‘हामी विपद क्षेत्रमा कार्यरत अफिसरलाई सहयोग गर्न तयार छौं’, उनले भने। 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

विदेशमा रहेका नेपालीलाई मतदानका लागि ५ मोडेल प्रस्ताव

 साउन १२,काठमाडौँ । निर्वाचन आयुक्तमा प्रस्तावित गुरुप्रसाद वाग्लेले विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार सुनिश्चित

जोर्डन आक्रमणपछि अमेरिका–इरान आमनेसामने, होर्मुज क्षेत्र थप तनावग्रस्त

दुबई, साउन ३ (रासस)। जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा भएको आक्रमणमा अमेरिकी सैनिकको मृत्यु भएपछि त्यसको

राहदानी विभागअगाडि आत्मदाह प्रयास : राइडर्स युनियनद्वारा छानबिन, उपचार र प्लेटफर्म श्रमिकको सुरक्षा सुनिश्चित गर्न माग

काठमाडौं, असार २६ । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि राइड सेयरिङ चालक गणेश नेपालीले आत्मदाहको प्रयास गरेपछि

वीरेन्द्रनगरको ‘शैक्षिक सुधार वर्ष’ घोषणा, एआईदेखि २ करोड छात्रवृत्ति कोषसम्मका महत्वाकांक्षी योजना

सुर्खेत,१६ असार । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ लाई ‘शैक्षिक सुधार

दुर्गा पन्तको स्वर्णसँगै विश्व योग च्याम्पियनसिपमा नेपालको ऐतिहासिक उपलब्धि

अहमदावाद, भारत — भारतको अहमदावादमा जुन ४ देखि ८, २०२६ सम्म सम्पन्न प्रथम विश्व योग च्याम्पियनसिपमा

श्रम अधिकारमाथि बढ्दो हस्तक्षेपबारे जेटियुसिसीको अन्तर्राष्ट्रिय मञ्चमा चिन्ता

काठमाडौँ, जेठ २८ । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी) का अध्यक्ष विनोद श्रेष्ठले नेपालमा