तीन अङ्कले घट्यो शेयर बजार

 निरन्तर ओरालो लाग्दै आएको शेयर बजार साताको पहिलो दिन आइतबार पनि घटेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २.७८ बिन्दुले घटेर एक हजार १७५.७२ बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ०.५७ बिन्दुले घटेर २४८.४२ बिन्दुमा कायम भएको छ । कूल १४६ कम्पनीको रु ६ लाख नौ हजार २ सय ५७ कित्ता शेयर रु २० करोड ५५ लाख ५८ हजार ६ सय ४३ मूल्यमा खरिद बिक्री भएका छन् ।

उत्पादन समूह बाहेक अरु उपसमूहको शेयर आइतबार ओरालो लागेको हो । उत्पादन समूहको शेयर १४.१७ विन्दुले बढेको छ । बैंकिङ १.०३, होटल ०.०४, विकास बैंक ११.५, जलविद्युत् २.०६, वित्त १.६१, निर्जीवन बीमा ४२.४८, अन्य २.७, माइक्रोफाइनान्स १२.६२ र जीवन बीमा १.८८ बिन्दुले घटेको छ ।

स्टककाअनुसार घटेको बजारमा ङादी समूहका शेयर लगानीकर्ताले चार प्रतिशत कमाएका छन् भने बैंक अफ काठमाडौँका शेयर लगानीकर्ताले तीन प्रतिशत कमाएका छन् ।

यस्तै कर्णाली विकास बैंक, आइएमई जनरल इस्योरेन्स, एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

झिनो अङ्कले घट्यो नेप्से

फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।

मिटरब्याजी तथा सहकारी ठग राजकुमार श्रेष्ठ पक्राउ

 कात्तिक २८ ,काठमाडौं । सहकारी ठगीका अभियुक्त तथा खुंखार मिटरब्याजी राजकुमार श्रेष्ठ पक्राउ परेका छन्

आइएमई ग्रुपद्वारा प्रधानमन्त्रीलाई डेढ करोडको चेक हस्तान्तरण

काठमाडौँ, कात्तिक २१  गते । आइएमई ग्रुप तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले जाजरकोट

नक्कली भ्याट बिल बनाउनेलाई सतप्रतिशत जरिमाना

 कार्तिक ०२, २०८० | काठमाडौं । सर्वोच्च अदालतले नक्कली भ्याट बिल निर्माण गरी राजस्व छल्नेमाथि

नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि

कात्तिक १, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको छ । नेप्से

नेपाल–कोरिया उडानमा प्राधिकरण नै बाधक

आश्विन २६, काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले दक्षिण कोरिया सिधा