
मन्दिर जीर्णोद्धारका लागि पुरातत्व विभागबाट निकासा भएको चार करोड रकमले सात किलो सुन खरिद गरिएको थियो । समितिले भक्तजनबाट संकलित रकमबाट थप आठ किलो सुन खरिद गरेर छाना बनाउने काम भइरहेको थियो । तर त्यसले पनि अपुग भएपछि तीन किलो सुन खरिद गरिएको श्रेष्ठले बताए । यसअघि मन्दिरको छानामा मात्र सुनको जलप लगाउने निर्णय भएको थियो । तर काम गर्दे जादा मूलढोका, कंकालको मूर्ति, तोरण र छानाछेउको मुकुटमा पनि सुनको जलप लगाउने निर्णय भएको उनले जानकारी दिए ।
सुन खरिदका लागि करिब दश करोड रुपैयाँ खर्च भइसकेको उनले जानकारी दिए । हालसम्म मन्दिर जीर्णोद्धारमा १३ करोड रुपैयाँ खर्च भइसकेको समितिको हिसाब छ । ‘पैसाको अभाव छैन, भक्तजनबाटै आठ करोड रुपैयाँ उठेको छ, स्थानीयले पनि सहयोग गरेका छन्,’ उनले भने । मन्दिर जीर्णोद्धारको काम करिब ९८ प्रतिशत सकिएको छ । ‘स्ट्रक्चरको काम सकियो, एक हप्तामा सुनको जलप लगाउने काम पनि सकिन्छ,’ श्रेष्ठले भने । अब आँगनमा ढुङ्गा छाप्ने र छेउछाउमा पर्खाल लगाउने काम बाँकी छ । मन्दिरको पश्चिम भागमा ‘रिटेनिङ वाल’ लगाउन पुरातत्व विभागले बजेट स्टिमेट तयार गर्दैछ ।
दशैसम्ममा भक्तजनलाई मन्दिरबाटै पूजा गर्ने व्यवस्था मिलाउने गरी काम भइरहेको उनले बताए । रकम बाँकी रहे मन्दिरको पूर्वपट्टी भागमा धर्मशाला बनाउने योजना समितिको छ । भूकम्पअघि नै मन्दिर ६ इन्च ढल्किएको थियो । २०७२ वैशाखको भूकम्पले थप ढल्किएपछि पुनर्निर्माण थालिएको हो । २०६८ सालमा पुनर्निर्माणका लागि करिब आठ करोडलागत इस्टमेट गरिएको थियो ।
-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज
– अधिवक्ता तारानिधि पन्त नेपालमा सम्बन्धविच्छेदका घटना निरन्तर बढिरहेका छन्। केही दशकअघि समाजमा दुर्लभ मानिने
पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा
अहमदावाद, भारत — भारतको अहमदावादमा जुन ४ देखि ८, २०२६ सम्म सम्पन्न प्रथम विश्व योग च्याम्पियनसिपमा
चैत २५, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मापदण्डविपरीत शुल्क असुली गरेका निजी
तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त