मनकामना मन्दिर बनाउन १५ किलो सुनले पनि पुगेन

manakamana

 ७ भदौ, गोरखा – गोरखाको मनकामना मन्दिरको जीर्णोद्धारका क्रममा अहिलेसम्म १५ किलो सुन खर्च भएको छ । त्यतिले पनि मन्दिरको छानामा सुनको जलप लगाउन नपुगेपछि थप ३ किलो सुन खरिद गरिएको छ । ‘अहिले सम्म १५ किलो सुन खर्च भइसक्यो,’ जीर्णोद्धार समितिका संयोजक नरेन्द्रबाबु श्रेष्ठले भने, ‘तीन किलो सुन नपुगेर काम रोकिएको थियो, अहिले सुन ल्याइसक्यौं, काम पनि भइरहेको छ ।’

मन्दिर जीर्णोद्धारका लागि पुरातत्व विभागबाट निकासा भएको चार करोड रकमले सात किलो सुन खरिद गरिएको थियो । समितिले भक्तजनबाट संकलित रकमबाट थप आठ किलो सुन खरिद गरेर छाना बनाउने काम भइरहेको थियो । तर त्यसले पनि अपुग भएपछि तीन किलो सुन खरिद गरिएको श्रेष्ठले बताए । यसअघि मन्दिरको छानामा मात्र सुनको जलप लगाउने निर्णय भएको थियो । तर काम गर्दे जादा मूलढोका, कंकालको मूर्ति, तोरण र छानाछेउको मुकुटमा पनि सुनको जलप लगाउने निर्णय भएको उनले जानकारी दिए ।

सुन खरिदका लागि करिब दश करोड रुपैयाँ खर्च भइसकेको उनले जानकारी दिए । हालसम्म मन्दिर जीर्णोद्धारमा १३ करोड रुपैयाँ खर्च भइसकेको समितिको हिसाब छ । ‘पैसाको अभाव छैन, भक्तजनबाटै आठ करोड रुपैयाँ उठेको छ, स्थानीयले पनि सहयोग गरेका छन्,’ उनले भने । मन्दिर जीर्णोद्धारको काम करिब ९८ प्रतिशत सकिएको छ । ‘स्ट्रक्चरको काम सकियो, एक हप्तामा सुनको जलप लगाउने काम पनि सकिन्छ,’ श्रेष्ठले भने । अब आँगनमा ढुङ्गा छाप्ने र छेउछाउमा पर्खाल लगाउने काम बाँकी छ । मन्दिरको पश्चिम भागमा ‘रिटेनिङ वाल’ लगाउन पुरातत्व विभागले बजेट स्टिमेट तयार गर्दैछ ।

दशैसम्ममा भक्तजनलाई मन्दिरबाटै पूजा गर्ने व्यवस्था मिलाउने गरी काम भइरहेको उनले बताए । रकम बाँकी रहे मन्दिरको पूर्वपट्टी भागमा धर्मशाला बनाउने योजना समितिको छ । भूकम्पअघि नै मन्दिर ६ इन्च ढल्किएको थियो । २०७२ वैशाखको भूकम्पले थप ढल्किएपछि पुनर्निर्माण थालिएको हो । २०६८ सालमा पुनर्निर्माणका लागि करिब आठ करोडलागत इस्टमेट गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

दुई विधेयक पारित दुई ऐन संशोधन

 पुस १५, बुटवल। बुटवल उपमहानगरपालिकाको चौधौँ नगर अधिवेशन दुई वटा विधेयक पारित र दुई वटा

भूकम्पपीडितलाई १० हजार थान जुत्ताचप्पल सहयोग

 कार्तिक २८,काठमाडौं । गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग

चीनद्वारा २८ करोड बराबरको राहत हस्तान्तरण

 कात्तिक २२, पोखरा। जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितका लागि राहत बोकेर दुई चिनियाँ जहाज आइपुगेका छन्

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

आज सन्दीपविरुद्धको मुद्दा सुनुवाइ हुँदै

काठमाडौँ, असोज २५ गते । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणीको मुद्दाको पेसी आज हुँदै छ