August 22, 2018

स्वरोजगारको नमुना च्याउ उद्योग , प्रदेशकै उत्कृष्ट

 

उर्लाबारी । सिप र लगनशिलता भए रोजगारका लागि बिदेश जानु पर्दैन भन्ने उदारहण दिएका छन मोरङको उर्लाबारी ३ मंगलबारेका उदय चन्द्र श्रेष्ठले । २०६१ सालमा ५ हजरको लगानीमा घरको एउटा कोठाबाट सुरु गरेको बिनय च्याउ उद्योगले यतिबेला ५० जनालाई रोजगारी दिलाउन सफल भएको छ ।

मोरङ उर्लाबारी नगरपालिका ३ मा रहेको च्याउ उद्योगले कृषिमा योग्दान गरेको भन्दै राष्ट्रपति पुरस्कार समेत पाइसकेको छ । “बिनय च्याउ उद्योगले कन्ने कालो च्याउ, कन्ने सेतो च्याउ र मिल्की च्याउहरु उत्पादन गदै आएको छ भने उत्त उद्योगमा च्याउको सकुटी, अचार उत्तपादन हुदै आएको” म्यानेजर केशव न्यौपानेले बताए । ४ बिघा जमिन लिजमा लिएर उत्पादन सुरु गरेको उद्योगले मौषमले साथ दिदा दैनिक ७ सय देखि लिएर १३ सय केजि सम्म उत्पादन हुर्ने गरेको न्यौपानेको भनाई छ ।

उत्त च्याउ १ नम्बर प्रदेशको बिभिन्न ठुला तथा साना शहर लगायत पर्यटकीय पहाडका बजारमा अत्याधिक माग रहेको छ भने उद्योग बाट उत्पादित अचार र सुकुटी अन्तराष्ट्र पार्सल लाने गरेको तर माग अनुसार पर्याप्त पुर्यउन नसकेको कामदार बताउछन । “देशमा कृषीमा क्रान्ती भन्ने नारा त छ तर राज्यबाट कुनै पनि सुबिधा नपाएकोले आफुले माग अनुसार उत्पादन गर्न नसकेको” संचालकल युवा ब्यावसायी उदयचन्द्र श्रेष्ठले बताए । श्रेष्ठले थपे राज्यको सहयोग, बजारको ब्यावस्थापन र उद्योगको सुनिश्चित्ता गरे १ नं. प्रदेश भरि पुर्याउन सक्ने बताए ।

उद्योगले च्याउको दहि र अन्य परिकारहरु समेत उत्पादन गर्दै लोप्नमुख कृषीका परिकार संकलन गरि कृषी डिपाटमेन स्टोरको सुरुवात गदैछ । उद्योगले ४ बिघा जग्गा भाडामा लिएर ८६ वटा टहरामा च्याउ उत्पादन गर्दै आएको छ । साना तथा घरमै उत्पादन गर्ने ब्यावसायीहरुका लागी उन्नत जातको च्याउको बिउ बेच्ने, उत्पादित च्याउ खरिद गर्ने र किषानबाट कृषी जन्य परिकार संकलन गरि बजारिकरण गदै आएको छ । हाल ३ करोड लगानि भएको तर राज्यबाट कृषिमा कुनै सेवा सुबिधा नपाएको संचालकले गुनासो गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

झिनो अङ्कले घट्यो नेप्से

फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।

मिटरब्याजी तथा सहकारी ठग राजकुमार श्रेष्ठ पक्राउ

 कात्तिक २८ ,काठमाडौं । सहकारी ठगीका अभियुक्त तथा खुंखार मिटरब्याजी राजकुमार श्रेष्ठ पक्राउ परेका छन्

आइएमई ग्रुपद्वारा प्रधानमन्त्रीलाई डेढ करोडको चेक हस्तान्तरण

काठमाडौँ, कात्तिक २१  गते । आइएमई ग्रुप तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले जाजरकोट

नक्कली भ्याट बिल बनाउनेलाई सतप्रतिशत जरिमाना

 कार्तिक ०२, २०८० | काठमाडौं । सर्वोच्च अदालतले नक्कली भ्याट बिल निर्माण गरी राजस्व छल्नेमाथि

नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि

कात्तिक १, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको छ । नेप्से

नेपाल–कोरिया उडानमा प्राधिकरण नै बाधक

आश्विन २६, काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले दक्षिण कोरिया सिधा