प्रतिनिधिसभा बैठक : शून्य समयमा सांसदहरुले के–के भने ?

 

काठमाडौं, साउन २८ ।प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । बैठकको शुन्य समयमा बोल्दै सांसदहरुले आ–आफ्नो क्षेत्रको समस्याका बारेमा सरकारको ध्यानाकर्षण गराए ।

सांसद उमाकान्त चौधरीले बारा जिल्लामा निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थल र फास्ट ट्रयाकको काम अघि बढ्न नसकेको भन्दै दुवै आयोजनाको स्थितिबारे सदनलाई जानकारी गराउन माग गरे ।

सांसद कृष्णप्रसाद दाहालले राजधानीलाई जोड्ने बैकल्पिक राजमार्ग कान्ति राजमार्गको काम सम्पन्न हुन नसकेको प्रति सरकारको ध्यानाकर्षण गराउँदै समयमा काम सम्पन्न गर्न नसक्ने ठेकेदारलाई कारवाहीको माग गरे ।

सांसद कृष्णभक्त पोखरेलले संविधानको धारा ३७ मा प्रत्येक नागरिकलाई उपयुक्त बासस्थानको व्यवस्था हुने उल्लेख भएकाले आवश्यक कानुन निर्माण गरि आगामी असोज ३ गते भित्र असुरक्षित बसोबास गरिरहेकालाई सुरक्षित स्थानमा सार्छु भनि संकल्प गर्न सरकारको ध्यानाकर्षण गराए ।

सांसद खगराज अधिकारीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल समयभित्रै सम्पन्न्न गर्नेतर्फ तदारुता देखाउन सरकारको ध्यानाकर्षण गराए । उनले विमानस्थल निर्माणमा अवरोध पुर्याउन प्रयास गर्नेलाई कारवाही गर्न पनि माग गरे ।

सांसद गगनकुमार थापाले आगामी भदौ १४ र १५ गते राजधानीमा हुन लागिरहेको विमेस्टेक शिखर सम्मेलनमा सहभागी हुन आउने विदेशी पाहुनालाई एउटै होटलमा नराखी फरक–फरक होटलमा राख्न तथा राजधानीको सडक अवस्था सुधार गर्न सरकारको ध्यानाकर्षण गराए ।

सांसद घनश्याम खतिवडाले मोरङ जिल्लाको उत्तरमा रहेको चिस्यान खोला र बक्राहा खोलामा निर्माणाधीन पुल र लेटान ६ नम्बर बुधबारे मोटर बाटो तथा उर्लाबारी मधुमल्ला रबि बाटो निर्माणमा ठेकेदारको लापरवाही देखिएकोबारे गुनासो पोखे ।

सांसद खतिवडाले निर्माण कार्यमा लापरवाही गर्ने ठेकेदारलाई आवश्यक कारवाही गर्न माग समेत गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

ओलीको अडान : ‘अहिले नेतृत्व छाड्दिनँ’

२०८३ साउन ३०, काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी कठिन परिस्थितिमा

मानव अधिकार आयोगले आरोपित ठहर गरेका व्यक्तिलाई चोख्याउन खोजिएको कांग्रेसको आरोप

काठमाडौं, साउन २० गते । नेपाली कांग्रेसले सरकारले मानव अधिकार आयोगबाट भदौ २३–२४ का घटनामा

रास्वपाद्वारा सात सदस्यीय सचिवालय गठन, बालेन्द्र शाह वरिष्ठ नेतामा मनोनित

काठमाडौं, १३ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सात सदस्यीय पार्टी सचिवालय गठन गरेको छ।

रास्वपाको अर्थ–राजनीतिक खाका सार्वजनिक : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्मका प्रस्ताव

चितवन, असार १० ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपालको शासकीय संरचना, राजनीतिक प्रणाली र

रास्वपा महाधिवेशन : निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारी प्रक्रियामा कडाइ

 असार ९,चितवन ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो पहिलो महाधिवेशनअन्तर्गत नेतृत्व चयन प्रक्रियालाई थप व्यवस्थित,