नेपाल टेलिकमले गत आर्थिक वर्षको अपरिष्कृत चौथो त्रैमासिक वित्तीय विवरणपश्चात् गत आर्थिक वर्षमा कम्पनीको कुल आय करिब रु ४५ अरब ५६ करोड ५८ लाख रहेको बताएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा सो आय २.१९ प्रतिशतले वृद्धि भएको हो ।
साथै सोही अवधिमा कम्पनीको नाफा करिब १५ अरब ६६ करोड ७५ लाख रहेको छ । यसअनुरुप अघिल्लो आर्थिक वर्षको तुलनामा कम्पनीको मुनाफा १.९२ प्रतिशतले वृद्धि भएको छ । जसले गर्दा कम्पनीको प्रतिशेयर आम्दानीमा अघिल्लो आर्थिक वर्षको तुलनामा रु १.९६ ले बृद्धि भई प्रति शेयर आम्दानी रु १०४.४५ पुगेको छ ।
केही वर्ष अघि देखि शुरु भएको कम्पनीको एक महत्वाकांक्षी आयोजना मध्येको एकीकृत विलिङ प्रणालीमा ल्यान्डलाइन सेवासमेत रुपान्तरित भएपश्चात् गत आर्थिक वर्षमा नै सो आयोजना सम्पन्न भएको टेलिकमले जनाएको छ ।
यस्तैगरी विगत लामो समयदेखि सञ्चालनमा रहेका ल्यान्डलाइन सेवाका पुराना उपकरणहरु विस्थापन गरी टेलिकमले टि डी एम माइग्रेसन आयोजना अन्तर्गत आधुनिक प्रविधिमा आधारित आइएमएस उपकरणमार्फत सेवा प्रदान गर्न आरम्भ गरेको छ ।
सो अनुरुप हालसम्म करिव एक लाख ९० हजार लाइन नयाँ प्रविधिमा रुपान्तरित भई सेवा सञ्चालनमा आइसकेको छ । क्रमिक रुपमा अन्य लाइनहरु पनि रुपान्तरण गर्ने कार्य जारी रहेको टेलिकमले बताएको छ
२०८३ कार्तिक ८, काठमाडौं । पीएचपी प्रोग्रामिङ भाषामा सुरक्षा कमजोरी भेटिएपछि नेपालका अधिकांश सरकारी वेबसाइट
काठमाडौँ, असार २३ गते । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले सैनिक सामग्री उत्पादन निर्देशनालयमार्फत
चैत २५, काठमाडौँ । सरकारले सार्वजनिक यातायातको भाडादर वृद्धि गरेको छ। इन्धनको मूल्यमा भएको
काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत
वाशिङ्टन डिसी (अमेरिका), असोज ३० गते । विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा रहनुभएका अर्थमन्त्री
काठमाडौँ, असोज १२ ।नेपाल विद्युत प्राधिकरण (नेपा) ले २४ वटा सौर्य ऊर्जा आयोजनासँग विद्युत खरिद