एसिया कप छनोटका लागि प्रारम्भिक टिम घोषणा !

 एसिया कप छनोट प्रतियोगिताको लागि प्रारम्भिक नेपाली क्रिकेट टिमको घोषणा भएको छ । छनोट समितिले बिहीबार
(आज) १९ सदस्यीय नेपाली क्रिकेट टिमको घोषणा गरेको हो ।

एसिया कप छनोटको प्रारम्भिक टिममा नियमित सदस्य शरद भेषवाकर टिममा परेका छैनन् । चोटग्रस्त बनेका शरद पहिलो पटक टिमबाहिर रहेका हुन् । त्यस्तै, प्रारम्भिक टोलीमा सागर पुनले भने पुनरागमन गरेका छन् ।

छनोट हुने नेपाली क्रिकेट टिममा कप्तान पारस खड्का, ज्ञानेन्द्र मल्ल, वसन्त रेग्मी, दीपेन्द्रसिंह ऐरी, अनिल कुमार शाह, करण केसी, ललित भण्डारी, ललितनारायण राजवंशी, आरिफ शेख रहेका छन् । त्यस्तै रोहित कुमार पौडेल, सन्दीप लामिछाने, सोमपाल कामी, सुवास खकुरेल, विनोद भण्डारी, सुनिल धमला, प्रदीप ऐरी, सुशान भारी, किशोर महतो र सागर पुन रहेका छन् ।

एसिया कपको लागि बन्द प्रशिक्षण यही अगष्ट १४ तारिखदेखि टियु क्रिकेट मैदानमा हुँदैछ । यही बन्द प्रशिक्षणको आधारमा अन्तिम १५ सदस्यीय नेपाली क्रिकेट टिमको घोषणा हुनेछ ।

नेपालको ब्याटिङ प्रशिक्षकमा भारतका अपुर्भ सुबोध देसाई आउने भएका छन् । उनले नेपालको ब्याटिङ प्रशिक्षण १४ अगष्टदेखि नै थाल्ने छन् । त्यस्तै, नेपालले श्रीलंकामा बैदेशिक भ्रमण पनि गर्ने भएको छ । श्रीलंकामा नेपालले ३ अभ्यास खेल खेल्नेछ ।

मलेसियामा हुने एसिया कपको छनोट खेल यही अगष्ट २९ तारिखदेखि सुरु हुँदैछ । छनोट प्रतियोगितामा आयोजक मलेसियासँगै नेपाल, युएई, हङकङ, सिंगापुर र ओमान रहेका छन् । 

छनोटको पहिलो खेलमा नेपालले ओमानसंग अगष्ट २९ मा प्रतिस्पर्धा गर्दैछ । नेपालले दोस्रो खेलमा युएईसँग अगष्ट ३० मा प्रतिस्पर्धा गर्दैछ । नेपालले तेस्रो खेलमा आयोजक मलेसियासँग सेप्टेम्बर १, सेप्टेम्बर २ मा सिंगापुरसँग र सेप्टम्बर ४ तारिखमा हङकङसँग प्रतिस्पर्धा गर्दैछ । छनोटको विजेताले एसिया कप खेल्ने अवसर पाउनेछ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

दुर्गा पन्तको स्वर्णसँगै विश्व योग च्याम्पियनसिपमा नेपालको ऐतिहासिक उपलब्धि

अहमदावाद, भारत — भारतको अहमदावादमा जुन ४ देखि ८, २०२६ सम्म सम्पन्न प्रथम विश्व योग च्याम्पियनसिपमा

श्रम अधिकारमाथि बढ्दो हस्तक्षेपबारे जेटियुसिसीको अन्तर्राष्ट्रिय मञ्चमा चिन्ता

काठमाडौँ, जेठ २८ । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी) का अध्यक्ष विनोद श्रेष्ठले नेपालमा

छाया अर्थतन्त्रको संकट : जीडीपीको आधाभन्दा बढी अनौपचारिक क्षेत्रमा, अब नेपालले कस्तो भूमिका खेल्नुपर्छ ?

अधिवक्ता तारा निधि पन्त नेपालको अर्थतन्त्रमाथि छाया अर्थतन्त्र (Shadow Economy) को प्रभाव दिनप्रतिदिन गहिरिँदै गएको

उच्च पदाधिकारीको सम्पत्ति छानबिन सुरु

काठमाडौँ, वैशाख १७ ।  सार्वजनिक पदमा रहेका तथा सेवा निवृत्त उच्च पदाधिकारीको सम्पत्ति छानबिन गर्न

मे दिवसको सन्दर्भमा  जिफन्टको  घोषणा: “अबको श्रमिक आन्दोलन नयाँ ढंगले अगाडि बढाउँँछाै”

बैशाख १५, काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले १३७औं अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस)

नागरिक एपमै ड्राइभिङ लाइसेन्स छापिएको अवस्था हेर्न सकिने

काठमाडौँ, वैशाख १४ । सवारी चालक अनुमतिपत्र (क्यूआरयुक्त ड्राइभिङ लाइसेन्स) छापिएको वा नछापिएको अवस्था अब