एसिया कप छनोट प्रतियोगिताको लागि प्रारम्भिक नेपाली क्रिकेट टिमको घोषणा भएको छ । छनोट समितिले बिहीबार
(आज) १९ सदस्यीय नेपाली क्रिकेट टिमको घोषणा गरेको हो ।
एसिया कप छनोटको प्रारम्भिक टिममा नियमित सदस्य शरद भेषवाकर टिममा परेका छैनन् । चोटग्रस्त बनेका शरद पहिलो पटक टिमबाहिर रहेका हुन् । त्यस्तै, प्रारम्भिक टोलीमा सागर पुनले भने पुनरागमन गरेका छन् ।
छनोट हुने नेपाली क्रिकेट टिममा कप्तान पारस खड्का, ज्ञानेन्द्र मल्ल, वसन्त रेग्मी, दीपेन्द्रसिंह ऐरी, अनिल कुमार शाह, करण केसी, ललित भण्डारी, ललितनारायण राजवंशी, आरिफ शेख रहेका छन् । त्यस्तै रोहित कुमार पौडेल, सन्दीप लामिछाने, सोमपाल कामी, सुवास खकुरेल, विनोद भण्डारी, सुनिल धमला, प्रदीप ऐरी, सुशान भारी, किशोर महतो र सागर पुन रहेका छन् ।
एसिया कपको लागि बन्द प्रशिक्षण यही अगष्ट १४ तारिखदेखि टियु क्रिकेट मैदानमा हुँदैछ । यही बन्द प्रशिक्षणको आधारमा अन्तिम १५ सदस्यीय नेपाली क्रिकेट टिमको घोषणा हुनेछ ।
नेपालको ब्याटिङ प्रशिक्षकमा भारतका अपुर्भ सुबोध देसाई आउने भएका छन् । उनले नेपालको ब्याटिङ प्रशिक्षण १४ अगष्टदेखि नै थाल्ने छन् । त्यस्तै, नेपालले श्रीलंकामा बैदेशिक भ्रमण पनि गर्ने भएको छ । श्रीलंकामा नेपालले ३ अभ्यास खेल खेल्नेछ ।
मलेसियामा हुने एसिया कपको छनोट खेल यही अगष्ट २९ तारिखदेखि सुरु हुँदैछ । छनोट प्रतियोगितामा आयोजक मलेसियासँगै नेपाल, युएई, हङकङ, सिंगापुर र ओमान रहेका छन् ।
छनोटको पहिलो खेलमा नेपालले ओमानसंग अगष्ट २९ मा प्रतिस्पर्धा गर्दैछ । नेपालले दोस्रो खेलमा युएईसँग अगष्ट ३० मा प्रतिस्पर्धा गर्दैछ । नेपालले तेस्रो खेलमा आयोजक मलेसियासँग सेप्टेम्बर १, सेप्टेम्बर २ मा सिंगापुरसँग र सेप्टम्बर ४ तारिखमा हङकङसँग प्रतिस्पर्धा गर्दैछ । छनोटको विजेताले एसिया कप खेल्ने अवसर पाउनेछ ।
काठमाडौं, २६ असोज। सर्वोच्च अदालतले गैरकानुनी रूपमा बर्खास्त गरिएका श्रमिकलाई पुनर्बहाली नगर्ने अवस्थामा क्षतिपूर्ति निर्धारण
२६ असोज , काठमाडौं । नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघको कार्यसमितिमा नरहेकी पवित्रा रेग्मीलाई बैंक
जलवायु परिवर्तनको भारी: नेपालले कुल कार्बन उत्सर्जनमा ०.१ प्रतिशतभन्दा कम योगदान दिए पनि ठूलो मूल्य
काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका
काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना
-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज