August 4, 2018

नेपाल–भारत व्यापार समस्यालाई तत्काल समाधान गरिन्छः प्रधानमन्त्री ओली

  श्रावण १९

नेपाल–भारत व्यापार समस्यालाई तत्काल समाधान गरिन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–भारत व्यापारमा भएको समस्यालाई तत्काल समाधान गरिने बताएका छन् । उद्योग संगठन मोरङले शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाल–भारतबीच हाल देखिएका व्यापारका असमझदारी हटाउन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिवको नेतृत्वमा एक टोलीलाई भारतीय समकक्षीसँग छलफल गर्न पठाउन लागिएको जानकारी दिए ।  

नेपालमा हुन लागेको विमस्टेक सम्मेलनमा सहभागी हुन आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग व्यापार समस्याको बारेमा कुरा गरिने प्रधानमन्त्री ओलीको भनाइ थियो । “विमस्टेकमा आउन लाग्नु भएका राष्ट्र प्रमुखहरुसँग सामूहिकरुपमा र व्यक्तिगत रुपमा पनि हाम्रा व्यापारका समस्या समाधानका लागि हामी कुरा गर्छौं ।” 

प्रधानमन्त्री ओलीले उद्यमी र सरकार मिलेर नेपालको परिचय बदल्नुपर्ने समय आएको बताए । “नेपाललाई आयातकर्ताबाट निर्यातकर्तामा, गरीब नेपालबाट सम्पन्न नेपालमा, पछौटेपनबाट आधुनिक नेपालमा, बेरोजगार नेपालबाट रोजगारयुक्त नेपालमा बदल्नुपर्दछ” प्रधानमन्त्री ओलीले भने, “नेपालको पुरानो परिचय बदल्न उद्यमी व्यवसायीले योजना ल्याएमा सरकारको साथ सहयोग हुनेछ ।” 

प्रधानमन्त्री ओलीले अहिलेको बढ्दो व्यापार घाटालाई कम गर्नुपर्ने, व्यापार सन्तुलन कायम गर्नुपर्ने र समग्र आर्थिक अवस्था परिवर्तन गर्नुपर्ने बताए । “हामी आर्थिक परिर्वतन त भनिरहेका छौँ तर त्यो बाटो पक्रिरहेका छैनौँ” प्रधानमन्त्री ओलीले भने “सरकार र उद्यमीको संयुक्त प्रयासबाट आर्थिक परिवर्तनको बाटो तय गर्नुपर्दछ, यसमा कृषिलाई पनि जोड्नु पर्दछ ।” 

“देशलाई स्थिरता चाहिएको छ, जनताले स्थिरताको अपेक्षा गरेका छन्, वर्तमान सरकार अगाडि नै नबढ्ने एकै ठाउँमा अडिरहने सरकार होइन” उनले भने । “जनताले स्थिरताका लागि पनि गतिशील सरकारको अपेक्षा गरेका थिए । त्यो पूरा भएको छ, अब सरकारले जनताका तिनै अपेक्षाबमोजिम काम गर्छ” प्रधानमन्त्री ओलीले भने ।  

उद्योगको स्थापना र सञ्चालनका लागि जे जति सहुलियत दिन सकिन्छ, त्यसमा सरकारले कञ्जुष्याईं नगर्ने प्रधानमन्त्री ओलीको प्रतिबद्धता छ । सरकारले दोहोरो, तेहोरो कर नलिने प्रधानमन्त्रीले बताए । व्यवसायीहरुले कर वृद्धिको विषयमा गुनासो गरेपछि प्रधानमन्त्रीले त्यस विषयमा आफूले थप जानकारी लिने तर दोहोरो करको व्यवस्था हटाइने बताए ।  रासस

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।