काठमाडौं । तीन वर्ष अघिसम्म मध्यवर्षाकै समयमा पनि लोडसेडिङ हुन्थ्यो । तर, छोटो समयमै बर्षाको समयमा नै नेपालमा बिजुली बढी भएर खेर जाने अवस्था आएको छ । हाल देशभर लोडसेडिङ हटिसकेको छ । यो वर्षको मध्यवर्षामा रातको समयमा नेपालको ३०देखि ४० मेगावाट बिजुली खेर जाने अवस्था आएको छ ।
नेपाललाई बढी हुने समयमा बिजुली भारत पठाउने प्राधिकरणका कार्याकारी निर्देशक कुलमान घिसिङको योजना यो वर्ष सफल हुन सकेको छैन ।
आगामी वर्षाबाट भारतमा बिजुली निकासी सुरु हुने प्राधिकरणका प्रवक्ता प्रवल अधिकारी बताउँछन् । भारतसँग इनर्जी बैकिङमा सहमति भएपछि अर्को वर्षबाट बर्षमा ठूलौ मात्रामा बिजुली भारत पठाउन सकिने अवस्था आउने उनले बताए ।
भारतबाट वर्षायाममा पिक आवर विहान र बेलुकीमा २ सय मेगावाटसम्म बिजुली आयात हुन्छ । तर, मध्यरातको समयमा नेपालमा बिजुलीको माग ह्वात्तै घट्छ । यदि इनर्जी बैंकिङ सुरु भएको भए यसैवर्षबाट माग घटेको समयमा नेपालले बिजुली भारत पठाउन सक्ने अधिकारी बताउँछन् ।
अर्को वर्षको बर्खायामसम्म ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी आयोजना पनि सञ्चालनमा आइसक्ने भएकाले ‘इनर्जी बैंकिङ’ अनिवार्य देखिएको उनको जिकीर छ ।
काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध
-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा