July 29, 2018

छोराबुहारीलाई  गाँउ फर्काउने अभियानमा चौरीदेउराली गाँउपालिका

पोखरीचौरी । चौरी देउराली गाँउपालिकाका अधिकांश वडाहरुबाट छोराबुहारीहरु कामको खोजीमा राजधानी भित्रिएका छन् । गाँउमा अहिले बुढापाकाहरु, विद्यालय जाने केटाकेटीहरु र गाँउमा बसेका शिक्षक शिक्षिकाहरु र सरकारी कार्यालयका कर्मचारीहरु मात्र भेटिन्छन् । उनीहरु गाँउको खेतीपाती बाँझै छोडेर सहर पसेका हुन् । कतिपय त वैदेशिक रोजगारको लागि नेपाल बाहिर पनि गएका छन् भने नेपाल बाहिर गएका युवाहरुका श्रीमती एवम् छोराछोरीहरु पनि सहरमै जाने गरेका छन् । दिन प्रति दिन गाँउका जग्गाहरु बाँझै रहने, गाँउका विद्यालयहरु खाली हुँदै जाने, सजिलो पैसा कमाउन सहर पस्ने प्रवृत्तिलाई रोकी गाँउमै आर्थिक उपार्जका बाटोहरु खोली चौरीदेउराली गाँउपालिका छोराबुहारीलाई गाँउ नै फर्काउने अभियानमा लागेको हो । आर्थिक वर्ष ०७५÷०७६ को चौरीदेउराली गाँउपालिकाको नीति तथा कार्यक्रममै आर्थिक उपाजनका कार्यक्रमहरु राखी सिङ्गो चौरी देउराली गाँउपालिका छोराबुहारीलाई गाँउ फर्काउने अभियानमा लागेको हो । चौरी देउराली गाँउपालिकाले कृषि तर्फ तरकारी तथा फलफुल खेतीलाई प्राथमिकतामा राखी पकेट क्षेत्र निर्माण तथा विस्तार गर्ने र ब्यवसायिक कृषि फर्महरुलाई गाउँपालिकाबाट अनुदानको व्यवस्था गरेको छ । त्यसैगरी उत्पादित कृषि उपजहरुलाई संकलन गर्न प्रत्यक वडा १÷१ वटा संकलन केन्द्र निर्माण गर्ने र प्रत्येक वडामा यस वर्ष न्यूनतम १÷१ वटा गाई भैंसी फर्म संचालन गर्ने किसानहरुलाई बढि मा १ लाख सम्म र्वाषिक अनुदानको व्यवस्था गर्ने नीति पनि बनाएको छ । त्यसैगरी पशु क्षेत्रमा नस्ल सुधार कार्यक्रम लागू गर्नको लागि यसै वर्षदेखि कृत्रिम गर्भाधान गर्ने कार्यलाई प्रारम्भ गर्ने जनाएको छ । त्यस्तै न्युनतम ५ वटा दुहुनो भंैसी पाली र्वाषिक न्युनतम ३००० लि. दुध तोकिएको केन्द्रमा लागी विक्री गर्ने किसान वा फर्मलाई आवश्यक कार्यविधि वनाई अनुदान दिने ब्यवस्था गरिएको छ । त्यसैगरी न्युनतम २५ वटा माउ वाख्रा र २५ वटा खसी बोका नियमित पाल्ने र वार्षीक २५ वटा तोकिएको केन्द्रमा लगी दर्ता गरि विक्री गर्ने किशान, फर्म लाई वढीमा रु. १ लाख सम्म अनुदान दिने व्यवस्था गरेको छ । गाई, भैंसी र वाख्रा पालक व्यावसायिक किशानहरुलाई सुधारिएको गोठ निर्माण गर्न बढीमा रु ५० हजार सम्म आर्थिक सहयोग गर्ने कार्यक्रम पनि चौरीदेउराली गाँउपालिकाले छोराबुहारीलाई गाँउ फर्काउने अभियानमा ल्याएकै कार्यक्रम हो । त्यसगरी भौगोलिक सम्भाव्यताको आधारमा कहाँ कुन प्रकारको खेती गर्न सकिन्छ अध्ययन गरि सोही अनुसारका विउ तथा विरुवा उपलब्ध गराउने निति पनि चौरीदेउराली गाँउपालिकाले ल्याएको छ । त्यसैगरी चिया, अलैचि, कफि, कागती र फलफुलका विस्तारित विरुवाहरुको प्राविधिकहरुद्धारा आवश्यक निरीक्षण तथा उपचार गर्ने व्यवस्था पनि चौरीदेउराली गाँउपालिकाले ल्याएको छ । त्यसैगरी पर्यटनको विकास गरी गाउँपालिकाभित्र रहेका धार्मिक साँस्कृतिक तथा ऐतिहासिक र पुरातात्विक सम्पदाहरुलाई प्रचार प्रसार गरी पर्यटकीय आर्कषण गर्ने विधिलाई अलवम्वन गरिने जनाएको छ । पर्यटकीय स्थलहरुको निर्माण, संरक्षण तथा प्रवद्र्धन गर्दै सम्भाब्य होमस्टेहरु संचालन गर्ने योजना पनि चौरीदेउराली गाँउपालिकाले छोराबुहारीलाई गाँउ फर्काउने अभियान अन्तरगतनै ल्याएको कार्यक्रम हो । गाँउमै थाङ्का लेख्ने, गाँउमै टेबुल कुर्सी, मुडाहरु बनाउने, कपडाको तान बुन्ने कार्यहरुलाई पनि सहयोग गरि शहरबाट छोराबुहारी गाँउ फर्काउन चौरीदेउराली गाँउपालिका लागि परिरहेको छ । त्यसैगरी चौरीदेउराली गाँउपालिकाका ९ वटै वडाहरुमा आधुनिक शिक्षा, स्वास्थ्य, खानेपानी सिचाई लगाएतका कार्यक्रमहरु पनि चौरीदेउराली गाँउपालिकाले ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

शशिभूषण यादव विरुद्धको सम्पत्ति शुद्धिकरण मुद्दामा अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन

काठमाडौँ, वैशाख २५ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जका तत्कालीन वरिष्ठ

जिफन्टद्वारा काठमाडौंमा मे डे र्याली (फोटो फिचर)

काठमाडौं, १८ वैशाख ।  नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) ले अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे डे) का

उच्च पदाधिकारीको सम्पत्ति छानबिन सुरु

काठमाडौँ, वैशाख १७ ।  सार्वजनिक पदमा रहेका तथा सेवा निवृत्त उच्च पदाधिकारीको सम्पत्ति छानबिन गर्न

अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु ; ११ जना घाइते

क्यानबेरा (अस्ट्रेलिया) १६वैशाख (रासस/एएनआई) : दक्षिण अस्ट्रेलियाको एडिलेडको पाराफिल्ड एयरपोर्टमा अवतरण गर्ने क्रममा विमान दुर्घटना

मे दिवसको सन्दर्भमा  जिफन्टको  घोषणा: “अबको श्रमिक आन्दोलन नयाँ ढंगले अगाडि बढाउँँछाै”

बैशाख १५, काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले १३७औं अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस)

नागरिक एपमै ड्राइभिङ लाइसेन्स छापिएको अवस्था हेर्न सकिने

काठमाडौँ, वैशाख १४ । सवारी चालक अनुमतिपत्र (क्यूआरयुक्त ड्राइभिङ लाइसेन्स) छापिएको वा नछापिएको अवस्था अब