
काठमाडौं १२ साउन। प्रधानमन्त्री केपी शर्मा ओलीले काँग्रेसको आकार घट्दै घट्दै माइतीघर मण्डलामा आमसभा गर्ने अवस्थामा आइपुगेको बताएका छन् ।
तत्कालीन एमाले र माओवादीका मजदुर संगठनहरु जिफन्ट र अन्टुफ केन्द्रीय संयोजन समितिद्वारा आयोजित केन्द्रीय प्रशिक्षण कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।
काँग्रेसको आकार घट्दै घट्दै माइतीघर मण्डला भन्दा बाहिर आमसभा गर्र्नै नसुहाउने अवस्थामा पुग्ने भएकोले अहिले देखि नै उसले त्यस ठाउँलाई प्रयोग गर्न जिद्धी गरेको प्रधानमन्त्री ओलीको भनाइ छ । “माइतीघरमा दुई सय जना जति मान्छे अट्लान्” प्रधानमन्त्री ओलीले भने “त्यति भएपछि खचाखच मान्छे थिए भन्न पनि पाइयो ।”
माइतीघर मण्डलामा आन्दोलन गर्दा सर्वोच्च अदालतको दैनिक कामकाजलाई पनि बाधा पुग्ने प्रधानमन्त्री ओलीको भनाइ छ । “मण्डलामा आन्दोलन भएपछि त्यसको हो –हल्लाले श्रीमानले बहस सुन्न सक्नुहुन्न” प्रधानमन्त्री ओलीले भने “यहींबाट धेरैतिर जाने बाटो छुट्ने हुनाले दुर्घटनाको खतरा पनि उतिकै छ ।”
लोकतन्त्र ल्याउनका लागि मजदूर आन्दोलनको महत्वपूर्ण भमिका भएको प्रधानमन्त्री ओलीको भनाइ छ । “आजको अवस्थामा आइपुग्न मजदूर आन्दोलनको भूमिका महत्वपूर्ण छ ” प्रधानमन्त्री ओलीले भने“त्यस कारण मजदुर आन्दोलनले मजदूरको जीवनमा धेरै फरक पारेको छ । ”
सरकार भ्रष्टाचार नियन्त्रण र सबै प्रकारका सिण्डीकेट अन्त्यका लागि प्रतिवद्ध भएको प्रधानमन्त्रीको भनाइ छ । आगामी दुईबर्ष भित्र काठमाडौं सडकलाई स्तरीय बनाइने प्रधानमन्त्री ओलीले बताएका छन् ।
प्रधानमन्त्री ओलीले नेपालीहरुले गौरवपूर्ण विवेकलाई कायम राख्न सकने पर्ने बताए । “तोपसँग खुकुरीले लडेर पूर्खाहरुले बचाइदिएको देशलाई हामीले स्वाभिमानपूर्वक बचाउनु पर्दछ” प्रधानमन्त्री ओलीले भने “सार्वभौमसत्तालाई कायम राख्दै सन्तुलित छिमेकीसंग सन्तुलित सम्बनध राखेर देशलाई अघि बढाउन सरकार लागि परेको छ ।”
-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
काठमाडौँ, साउन २७ गते । सरकारले सरकारी कार्यालयमा सेवाग्राहीले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता
दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा