नेकपाले औपचारिक रुपमा कुनै निर्णय नगरिसकेको भएपनि नेताहरुबीच भानुभक्त ढकाललाई मन्त्री बनाउने विषयमा छलफल भएको बताइएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको एक सचिवालय सदस्यका अनुुसार ढकाललाई मन्त्री बनाउने तयारी गरिएको छ ।
‘पार्टीले तामाङलाई सरकारबाट फिर्ता बोलाउने भएपनि औपचारिक रुपमा राजनीनामा आउन बाँकी छ’, ती सचिवालय सदस्यले रातोपाटीसँग भने, ‘उहाँको राजीनामासँगै ढकाललाई मन्त्रीको सपथ दिलाउने गरी तयारी भइरहेको छ। औपचारिक निर्णय आउन वाँकी छ । ’
तत्कालिन एमालेका नेता ढकाल मोरङ क्षेत्र नम्बर ३ मा संघीय संसदमा निर्वाचित बनेका हुन् ।
बंगलादेशमा मेडिकल शिक्षा पढ्न जाने छात्राकाबारेमा अमर्यादित अभिव्यक्ति दिएपछि विवादमा तानिएका कानुमन्त्री तामाङलाई नेकपाले फिर्ता बोलाउने निर्णय गरेको थियो ।
मंगलबार दिउँसो पत्रकार सम्मेलन गरेर तामाङले राजीनामा दिएको घोषणा गर्ने बताइएको छ ।
उनले दिउँसो २ बजे मन्त्रालयमा पत्रकार सम्बोलनको आयोजना गरेका छन् ।
काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।