July 21, 2018

अब नेकपाको एकता प्रक्रियाले तीब्रता लिने

काठमाडौँ, ५ साउन। नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का  केन्द्रीय सदस्य विष्णु रिजालका अनुसार अब नेकपाको तल्लो तहसम्मको पार्टी एकता प्रक्रियाले तीब्रता लिने भएको छ।  २०७५ जेठ ३ गते पार्टी एकीकृत भएतापनि पार्टी गठन तथा संचालनका लागि नियमावली तयार नभएकाले प्रदेश कमिटी, जिल्ला कमिटी, निर्वाचन क्षेत्र कमिटी, महानगर, उपमहानगर, नगर, गाउँपालिका कमिटीहरुको  एकीकृत  कमिटी बन्न सकेको थिएन।

 

भूगोल कमिटीका साथै जनबर्गीय संगठन कमिटी पनि बन्न नसकेर एमाले र माओवादी केन्द्रको पार्टी एकीकृत भएको २ महिना पूरा हुँदा पनि दुई पार्टीबीचका नेता, कार्यकर्ताबीच एकै पार्टीका कार्यकर्ता जस्तो जोश, जाँगर, भावनात्मक सम्बन्धको विकास हुन् नसकेको महसुस भएको थियो।  
अब चाहिं तल्लो तहसम्म एकीकृत पार्टीको सङ्गठ र त्यसको संरचना निर्माण गर्नका लागि बाटो खुलेको छ।  जस अनुसार, एकीकृत पार्टी नेकपाको  (१) अन्तरिम विधान- २०७५: १७ अध्याय, ७३ धारा र ८ अनुसूचीसहित ६४ पृष्ठ, (२) नियमावली-२०७५: १० परिच्छेद, २९ धारा र ८ अनुसूचीसहित ५० पृष्ठ।

 

नेकपाको स्थायी कमिटी र केन्द्रीय सचिवालयका सदस्यहरूबाट प्राप्त सुझावहरूका आधारमा अन्तिम रूप दिएर अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अध्ययन गरेपछि महासचिव विष्णुप्रसाद पौडेलले छपाइका लागि प्रेसमा पठाएको र ”अब नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को  एकता प्रक्रियाले तीब्रता लिनेछ” भन्ने  विश्वास पत्रकार तथा युवा केन्द्रीय सदस्य विष्णु रिजालले बताएका छन्।  

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मदनले मोडेको कम्युनिस्ट बाटो

३ जेठ २०८१। नेपाली प्रजातान्त्रिक आन्दोलनमा कोरिएको एउटा सशक्त हस्ताक्षर हो, मदन भण्डारी । निकै

एमाले मधेश सरकारबाट बाहिरियो

 वैशाख ३०, काठमाडौं। नेकपा (एमाले)ले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। आइतबार मधेश प्रदेशको

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता