संसद बैठकमा शोक प्रस्ताव पारित, भोली सम्मका लागि बैठक स्थगित !

संघीय संसदको आइतबारको बैठक भोली (सोमबार) सम्मका लागि स्थगित भएको छ ।

samsad-1_tVwF8hB42d

आजको संसद बैठकमा पूर्व संविधानसभाका सदस्य तथा नेकपाका नेता मोहम्मद मुस्ताक आलमको निधन भएकोमा शोक प्रस्ताव पारित गर्दै भोली सम्मका लागि स्थगित भएको हो ।

आइतबारको बैठकमा शिक्षामन्त्री गिरिराजमणी पाखरेलले ‘चिकित्सा शिक्षा विधेयक २०७५’ कार्यक्रम रहेको थियो भने नेकपाकी सांसद विन्दा पाण्डेले संकल्पको प्रस्ताव पेश गर्ने कार्यक्रम रहेको थियो ।

पूर्व संविधानसभा सदस्य तथा पूर्व राज्यमन्त्री समेत रहेका नेकपा नेता आलमको शुक्रबार बाँसबारीस्थित शहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा उपचारको क्रममा भएको निधनको स्मृति गर्दै शोक प्रस्ताव पारित गरी बैठकलाई स्थगित सभामुख कृष्ण बहादुर महाराले जानकारी गराएका हुन् ।

२०७० सालको निर्वाचनमा तत्कालिन एमाले पार्टीका उम्मेदवारका रुपमा आलमले रौतहट–२ बाट चुनाव जितेका थिए । २०२२ सालमा जन्मिएका आलम प्रभावशाली मुस्लिम नेता थिए ।

अन्तिम श्रद्धाञ्जलीका लागि उनको शव धुम्बाराहीस्थित पार्टी कार्यालयमा शनिबार बिहान ८ देखि १० बजेसम्म राखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ग्रीन आर्मीको वैधानिकताबारे सर्वोच्चद्वारा लिखित जवाफ माग

  काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

ओलीको अडान : ‘अहिले नेतृत्व छाड्दिनँ’

२०८३ साउन ३०, काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी कठिन परिस्थितिमा

मानव अधिकार आयोगले आरोपित ठहर गरेका व्यक्तिलाई चोख्याउन खोजिएको कांग्रेसको आरोप

काठमाडौं, साउन २० गते । नेपाली कांग्रेसले सरकारले मानव अधिकार आयोगबाट भदौ २३–२४ का घटनामा

रास्वपाद्वारा सात सदस्यीय सचिवालय गठन, बालेन्द्र शाह वरिष्ठ नेतामा मनोनित

काठमाडौं, १३ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सात सदस्यीय पार्टी सचिवालय गठन गरेको छ।

रास्वपाको अर्थ–राजनीतिक खाका सार्वजनिक : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्मका प्रस्ताव

चितवन, असार १० ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपालको शासकीय संरचना, राजनीतिक प्रणाली र