रसिया विश्वकपमा आज तेस्रो स्थानको लागि खेल हुदैछ । तेस्रो स्थानको खेल नेपाली समय अनुसार ७ः४५ बजे सेन्ट पिटर्सबर्ग स्टेडियममा युरोपका दुई बलिया राष्ट्र इङ्ल्यान्ड र बेल्जियमबीच प्रतिस्पार्धा हुनेछ ।
यी दुई टोली जारी विश्वकपमा दोस्रोपटक आमने सामने हुन लागेका हुन् । समूह चरणको अन्तिम खेलमा यी दुई टोलीबीच प्रतिस्पर्धा भएको थियो । गोल्डेन जेनेरेसन मानिएको बेल्जियम टोलीले इङ्ल्यान्डलाई १–० ले हराउँदै समूह ‘जी’ को विजेता बनेको थियो । इङ्ल्यान्ड समूह उपविजेताका रुपमा नकआउट चरणमा पुगेको थियो ।
समूह चरणको त्यो अन्तिम खेलमा दुवै टोलीले दोस्रो रोजाईका खेलाडीलाई मैदानमा उत्रारेको थियो । एडनान यानुजाईको एकमात्र गोलमा बेल्जियम विजयी भएको थियो । फाइनल पुग्न असफल भएपछि दुवै टोली विश्व कपबाट कम्तीमा तेस्रो भएर फर्कने लक्ष्यमा हुनेछन् ।
समूह चरणमा इंग्ल्यान्डलाई पराजित गरिसकेका कारण बेल्जियम यसपटक पनि सफल नतिजा निस्कानेमा आशावादी छ । इङ्ल्यान्डले समूह चरणमा बेहोरेको हारको बदला लिने योजनामा हुनेछ । फर्ममा रहेका तथा गोल्डेनबुटका दाबेदार कप्तान ह्यारी केन खेलमा चल्न सके इंग्ल्यान्डले समूह चरणमा बेहोरेको हारको बदला लिने सम्भावना रहन्छ ।
केन ६ गोलसहित गोल्डेनबुटको दाबीमा अग्रस्थानमा छन् । बेल्जियम सेमिफाइनलमा फ्रान्ससँग १–० ले तथा इंग्ल्यान्ड क्रोएसियासँग थप समयमा समयमा २–१ ले पराजित हुँदै विश्वकपबाट बाहिरिएका थिए । फ्रान्स र क्रोएसियाबीच फाइनल आइतबार हुनेछ । फ्रान्स दोस्रो पटक विश्वकप जित्ने योजनामा रहँदा क्रोएसिया पहिलोपटक विश्वकप जित्ने इतिहास रच्ने योजनामा हुनेछ ।
-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
काठमाडौँ, साउन २७ गते । सरकारले सरकारी कार्यालयमा सेवाग्राहीले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता
– अधिवक्ता तारानिधि पन्त नेपालमा सम्बन्धविच्छेदका घटना निरन्तर बढिरहेका छन्। केही दशकअघि समाजमा दुर्लभ मानिने
गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि
साउन १२,काठमाडौँ । निर्वाचन आयुक्तमा प्रस्तावित गुरुप्रसाद वाग्लेले विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार सुनिश्चित