यसरी ट्रोलको सिकार बन्दैछन् नेयमार , मेस्सी र रोनाल्डो !

रसियामा जारी विश्वकप फुटबल सुरु हुनुभन्दा अघिदेखि नै सामाजिक सञ्जालमा विभिन्न खाले ट्रोल तथा हँसिमजाक सुरु भएको थियो । अहिले टिम, खेलाडी हुँदै समर्थकको समेत ट्रोल बन्न थालेका छन् । 

2056750867neymar-4

विश्वकप फुटबलको क्वार्टरफाइनलको खेल शुक्रबारदेखि सुरु हुँदैछ । अहिलेसम्म विश्वकप र खेलाडीले गरेको प्रदर्शन तथा क्रियाकलापका बारेमा सामाजिक सञ्जाल मज्जाले तातिएको छ । यतिबेला सामाजिक सञ्जाल फेसबुक, ट्वीटर, इन्स्टाग्रामलगायतमा विश्वकपसँग जोडिएर खेलाडीको ट्रोलले माहोल तताइरहेको छ ।

विश्वकप सुरु हुनुअघि नै ट्रोल

सामाजिक सञ्चालमा विश्वकप सुरु हुनुभन्दा अघिदेखि नै टिम, खेलाडीको बारेमा ट्रोल बन्न थालेका थिए । विशेषगरी जर्मनी, पोर्चुगल, ब्राजिल, अर्जेन्टिना लगायतका टिमको बारेमा र केही खेलाडीको बारेमा ट्रोल बने ।

समूह चरणबाटै बाहिरिएका विश्वविजेता जर्मनीको बारेमा भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीको ट्रोलले पनि सामाजिक सञ्जालमा खुबै स्थान पायो । त्यसो त संयोगै मान्नुपर्छ, विराट कोहलीले सपोर्ट गरेको टिम जर्मनी विश्वकपको समूह चरणबाटै बाहिरियो । जर्मनी बाहिरिनुभन्दा अघि नै यो ट्रोल बनेको थियो ।

सबैभन्दा बढी ट्रोल नेयमारको
 

जारी विश्वकप फुटबलमा ब्राजिलियन खेलाडी नेयमार सबैभन्दा बढी विवादित बने । समूह चरणको पहिलो खेलमा कोष्टारिकाविरुद्ध मैदानमा उत्रिएका नेयमारको आलोचना त्यहीँबाट सुरु भएको थियो भने सामाजिक सञ्जालमा ट्रोल पनि सुरु भएको थियो ।

नेयमार सबैभन्दा बढी विवादित प्रिक्वाटरफाइनलमा कोलम्बियाविरुद्धको खेलमा बने । नेयमार मैदानमा लडेपछि उनीसँगै भएको बल मेक्सिकोका खेलाडीले खोस्न लाग्दा खुट्टामा टेकेका थिए । त्यसपछि नेयमारले आफूलाई निकै गाह्रो हुने गरी टेकेको भन्दै लडिबुडि गरेका थिए । यहि विषयलाई लिएर मिडिया, सामाजिक सञ्जालमा चर्चा भइरह्यो ।

यस विषयलाई लिएर नेयमारको बारेमा विभिन्न ट्रोल बनेको हो ।

लियोनल मेस्सी 
 

अर्जेन्टिनाका कप्तान तथा विश्वचर्चित खेलाडी लियोनल मेस्सीको ट्रोल पनि सामाजिक सञ्जालमा भइरल बन्यो । अर्जेन्टिना र आइसल्यान्डले समूह चरणको पहिलो खेलमा १–१ गोलको बराबरी खेल्दा कप्तान मेस्सीले पेनाल्टी मिस गरेका थिए । सामाजिक सञ्जालमा ट्रोल बनाउनेले मेस्सीलाई मिस पेनाल्टी भन्दै ताजसम्म पहिर्याउन भ्याए । अर्जेन्टिना प्रिक्वाटफाइनलमा फ्रान्ससँग ४–३ गोलअन्तरले पराजित हुँदा मेस्सीको निकै ट्रोल बनेको थियो ।

त्यसो त समूह चरणको अन्तिम खेलमा नाइजेरियालाई पराजित गर्दै अर्जेन्टिना नकआउट चरणमा प्रवेश गर्दा पनि बाहुबलीको रुपमा मेस्सीको ट्रोल बनेको थियो ।

क्रिष्टियानो रोनाल्डो
 

पोर्चुगलका कप्तान क्रिष्टियानो रोनाल्डोको ट्रोलले पनि सामाजिक सञ्जालमा निकै स्थान पायो । मेस्सीका समर्थकले रोनाल्डोकोे र रोनाल्डोका समर्थकले मेस्सीको कमीकमजोरी केलाउँदै पनि ट्रोल बनाए । समूह चरणको अन्तिम खेलमा इरानसँग १–१ गोलको बराबरी खेल्दा रोनाल्डोले पनि पेनाल्टी मिस गरेका थिए । मिस पेनाल्टी भन्दै रोनाल्डोलाई पनि ट्रोल बनाउनेले ताज लगाइदिए । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

विदेशमा रहेका नेपालीलाई मतदानका लागि ५ मोडेल प्रस्ताव

 साउन १२,काठमाडौँ । निर्वाचन आयुक्तमा प्रस्तावित गुरुप्रसाद वाग्लेले विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार सुनिश्चित

राहदानी विभागअगाडि आत्मदाह प्रयास : राइडर्स युनियनद्वारा छानबिन, उपचार र प्लेटफर्म श्रमिकको सुरक्षा सुनिश्चित गर्न माग

काठमाडौं, असार २६ । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि राइड सेयरिङ चालक गणेश नेपालीले आत्मदाहको प्रयास गरेपछि

वीरेन्द्रनगरको ‘शैक्षिक सुधार वर्ष’ घोषणा, एआईदेखि २ करोड छात्रवृत्ति कोषसम्मका महत्वाकांक्षी योजना

सुर्खेत,१६ असार । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ लाई ‘शैक्षिक सुधार

दुर्गा पन्तको स्वर्णसँगै विश्व योग च्याम्पियनसिपमा नेपालको ऐतिहासिक उपलब्धि

अहमदावाद, भारत — भारतको अहमदावादमा जुन ४ देखि ८, २०२६ सम्म सम्पन्न प्रथम विश्व योग च्याम्पियनसिपमा

श्रम अधिकारमाथि बढ्दो हस्तक्षेपबारे जेटियुसिसीको अन्तर्राष्ट्रिय मञ्चमा चिन्ता

काठमाडौँ, जेठ २८ । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी) का अध्यक्ष विनोद श्रेष्ठले नेपालमा

छाया अर्थतन्त्रको संकट : जीडीपीको आधाभन्दा बढी अनौपचारिक क्षेत्रमा, अब नेपालले कस्तो भूमिका खेल्नुपर्छ ?

अधिवक्ता तारा निधि पन्त नेपालको अर्थतन्त्रमाथि छाया अर्थतन्त्र (Shadow Economy) को प्रभाव दिनप्रतिदिन गहिरिँदै गएको