July 3, 2018

स्वीस बैंकमा  नेपालीको  कालो धन १० वर्षमा ४ गुणाले बढ्यो !!

 
 
 

काठमाडौं,19 असार ।  अकूत सम्पत्ति वाला नेपालीहरुले स्वीस बैंकमा जम्मा गरेको कालो धन सामाजिक संजालमा  हिजोआज  भाइरल भैरहेको छ ।   कालो कमाइबाट आर्जेको कालो धन नेपालीहरूले स्वीस बैंकमा सन् २००८ को तुलनामा सन् २०१७ मा ४ गुणा बढी धन जम्मा गरेको । स्वीस बैंकले जनाएको भनेर डाटासहित सामाजिक संजालमा छरपस्ट भएको छ।  सन् २००८ मा ८६.२२ मिलियन स्वीस फ्र्यांक थियो भने अहिले ०१७ मा त्यो कालो धन बढेर ३२२.८८ मिलियन स्वीस फ्र्यांक पुगेको  डाटामा स्पष्ट देखिन्छ । स्वीस बैंक कालोधन सुरक्षित गर्नमा विश्व प्रख्यात छ ।

यसबारेमा नेपाल सरकारका पूर्वसचिव भीम  उपाध्याय फेसबुकमा लेख्छन् ” नेपाली क-कसको कालो धन रहेछ सरकारले फिर्ता लिन पहल गरे हुने !” 
तर, फिर्ता लिने वा ल्याउने कुरामा विश्वास गर्न गारो छ, किन भने गणतान्त्रिक व्यबस्था आएको १० वर्षको अवधिमा कालो धन बढेर ३२२.८८ मिलियन स्वीस फ्र्यांक पुगेको  छ।  यो अंक ४ गुणाले बढेको हो।  

 

यसमा  गणतान्त्रिक व्यबस्थाका सत्ताधारी र कालो धन आर्जन गर्ने कालो व्यवसाय गर्नेहरु नै भएकाले यी कालो धन वाला राष्ट्रघातीहरुको गणतान्त्रिक व्यबस्थाका शक्ति केन्द्रमा बलियो पहुँच रहने भएकाले यो गणतान्त्रिक व्यबस्थाको   नेकपाको शक्तिशाली सरकारले पनि  स्वीस बैंकबाट  कालोधन फिर्ता ल्याउन पहल गर्छ भन्ने कुरामा नेपाली जनताले एकरत्ति पनि विश्वास गर्न सक्दैनन्।  

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

सरकारी निवेदनमा अब एकरूप ढाँचा

  काठमाडौँ, साउन २७ गते । सरकारले सरकारी कार्यालयमा सेवाग्राहीले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता

सम्बन्धविच्छेदको मिलापत्र : मुद्दाको अन्त्य मात्र होइन, जिम्मेवार नयाँ जीवनको कानुनी सुरुवात

– अधिवक्ता तारानिधि पन्त नेपालमा सम्बन्धविच्छेदका घटना निरन्तर बढिरहेका छन्। केही दशकअघि समाजमा दुर्लभ मानिने

अब नेपाललाई ‘शत्रु’ होइन, ‘साझा भविष्य’ निर्माण गर्ने नेतृत्व चाहिन्छ

गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि

विदेशमा रहेका नेपालीलाई मतदानका लागि ५ मोडेल प्रस्ताव

 साउन १२,काठमाडौँ । निर्वाचन आयुक्तमा प्रस्तावित गुरुप्रसाद वाग्लेले विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार सुनिश्चित