लिओनल मेसी Vs पाउल पोग्बा , काे उत्कृष्ट हाेलान ?

लिओनल मेसी (अर्जेन्टिना)

बार्सिलोनाका स्टार स्ट्राइकर लिओनल मेसीले यस विश्वकपमा राम्रो सुरुवात गर्न सकेनन्। तर, नाइजेरियाविरूद्ध उत्कृष्ट गोल गरेपछि अर्जेन्टिनी कप्तानको खेललाई लिएर पुनः तारिफ भएको छ।

france-vs-argentina-784x441

आइसल्यान्डविरूद्ध १–१ गोलको बराबरी खेल खेलेको अर्जेन्टिना मेसीको पेनाल्टी ‘मिस’ पछि सम्भावित जितबाट चुकेको थियो। अझ, क्रोएसियाविरूद्ध ३–० ले पराजित खेलमा मेसी प्रभावहीन देखिएका थिए।

तर, नाइजेरियालाई जित्नै पर्ने खेलमा उनले विश्वस्तरीय गोल गरे। यस खेलमा उनको प्रदर्शनको तारिफ आलोचकले पनि गरेका थिए। मेसी विश्व फुटबलको सबैभन्दा खतरनाक स्ट्राइकर मानिन्छन्।

उनी असहज ‘एङ्गल’ बाट पनि गोल गर्न माहिर मानिन्छन्। त्यसैले फ्रान्सविरूद्ध आज हुने प्रि–क्वाटरफाइनल खेलमा विपक्षी टोलीले सबैभन्दा बढी ‘मार्क’ उनलाई नै गर्ने पक्का छ। सन् २०१४ को विश्वकपमा आफ्नो कप्तानीमा अर्जेन्टिनालाई फाइनल पुर्याएका मेसीको सम्भवत यो अन्तिम विश्वकप हो।

दुई वर्षअघि कोपा अमेरिका कपको फाइनलमा चिलीसँग फाइनलमा पराजय भोग्नु परेपछि उनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका थिए।
तर, अर्जेन्टिनी समर्थक र सरकारको आग्रहपछि उनी पुनः राष्ट्रिय टोलीमा आवद्ध भए। उनी राष्ट्रिय टोलीमा फर्किदा अर्जेन्टिनाको विश्वकप छनोट अभियान कठिन बनिसकेको थियो।

उनले अर्जेन्टिनालाई आफ्नो जादुमय खेलले उकासेका थिए। छनोटको अन्तिम खेलमा इक्वेडरविरूद्ध ह्याट्रिक गरेपछि अर्जेन्टिना विश्वकपमा समावेश भएको थियो।

मेसीले आज अर्जेन्टिनाका लागि १ सय २८ खेल खेल्दै छन्। उनी अर्जेन्टिनाबाट सर्वाधिक गोल गर्ने खेलाडी पनि हुन्। उनले अन्तर्राष्ट्रिय फुटबलमा ६५ गोल गरिसकेका छन्।

पाउल पोग्बा (फ्रान्स)

सन् २०१४ को विश्वकपमा युवा खेलाडीको उपाधि जितेका फ्रेञ्च मिडफिल्डर पाउल पोग्बा प्रतिद्वन्दी गोल पोस्टमा आफ्ना साथीहरूलाई गोलका लागि बल मिलाउन मात्र होइन, गर्न पनि खप्पिस मानिन्छन्।

उनका आलोचक बेला–बेलामा उनी आफ्नो भूमिकाबाट विचलित हुने गरेको आरोप लगाउछन्। त्यसैले इङ्लिस क्लब म्यानचेस्टर युनाइटेडले दुई वर्ष अगाडि उनलाई करिब १० करोड युरोमा भित्र्याउँदा उनलाई खर्चिएको रकमको विषयमा ठूलो अालोचना भएको थियो।

सन् २०१३ मा फ्रान्सले युथ–२० विश्वकप उपाधि जित्दा उनी टोलीका मुख्य हतियार थिए। उनीसँगै त्यतिबेला टिममा रहेका खेलाडीको अहिले फ्रेञ्च टोलीमा बाक्लो उपस्थिति छ।

पोग्बाले यो विश्वकपको समूह चरण खेलमा निकै राम्रो प्रदर्शन गरेका छन्। अस्ट्रेलियाविरूद्ध २–१ ले विजयी पहिलो खेलमा उनले दोस्रो गोल गरेका थिए। तर, बल अस्ट्रेलियाली डिफेन्डर बेहिचको खुट्टामा ठोक्किएको थियो।

त्यसैले ‘भार’ को रिभ्यूपछि पोग्बाले हानेको गोललाई आत्मघाती ठहर गरियो। २५ वर्षीय मिडफिल्डरले फ्रान्सबाट ५६ अन्तर्राष्ट्रिय फुटबल खेलिसकेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

गैरकानुनी बर्खास्तमा क्षतिपूर्ति निर्धारण गर्दा सेवा अवधि गणना गर्न सर्वोच्चको आदेश

काठमाडौं, २६ असोज। सर्वोच्च अदालतले गैरकानुनी रूपमा बर्खास्त गरिएका श्रमिकलाई पुनर्बहाली नगर्ने अवस्थामा क्षतिपूर्ति निर्धारण

कार्यसमितिमा नभएकी व्यक्तिलाई कोषाध्यक्षको जिम्मेवारी, राखेपमा उजुरी

२६ असोज , काठमाडौं । नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघको कार्यसमितिमा नरहेकी पवित्रा रेग्मीलाई बैंक

हिमालयको चेतावनी’ बोकेर संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्री बालेन, जलवायु न्याय र त्रिदेशीय संयन्त्रको जोडदार माग

जलवायु परिवर्तनको भारी: नेपालले कुल कार्बन उत्सर्जनमा ०.१ प्रतिशतभन्दा कम योगदान दिए पनि ठूलो मूल्य

उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार: ९ स्थानीय तह र साझा यातायातबीच समझदारी

काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका

ग्रीन आर्मीको वैधानिकताबारे सर्वोच्चद्वारा लिखित जवाफ माग

  काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज