वीर अस्पताल सफाइका लागि धुर्मुस—सुन्तली फाउण्डेसनलाई रु आठलाख

। पर्यटन व्यवसायीले धुर्मुस सुन्तली फाउण्डेशनलाई रु आठ लाख १५ हजार २३० आर्थिक सहयोग गरेका छन् । 

उनीहरुले एघारौँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा मंगलबार वीर अस्पताल सरसफाइका लागि सो रकम सहयोग गरेका हुन् । ४२ जना पर्यटन व्यवसायीद्वारा संकलित रकम फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’लाई हस्तान्तरण गरियो । 

कार्यक्रममा नेपाल पर्यटन बोर्डका पूर्व सञ्चालक समिति सदस्य राजेन्द्रप्रसाद सापकोटाले पवित्र उद्देश्यका साथ गाउँ–गाउँबाट आउने गरीब जनताले उपचार गर्ने वीर अस्पतालको वातावरण सुधारका लागि लागेको फाउण्डेशनलाई थोरै भएपनि पर्यटन व्यवसायीका तर्फबाट सहयोग गरिएको बताए ।

फाउण्डेशनका अध्यक्ष धुर्मुसले वीर अस्पतालको एउटा छुट्टै महत्व रहेकोले त्यसलाई जीवन्त राख्न आफूहरुले वीर हस्पिटल सरसफाइ अभियान चलाएको बताए । वीर अस्पतालको सरसफाइका लागि हालसम्म रु ४७ लाख खर्च भइसकेको उनले जानकारी दिए। रासस

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

सरकारी निवेदनमा अब एकरूप ढाँचा

  काठमाडौँ, साउन २७ गते । सरकारले सरकारी कार्यालयमा सेवाग्राहीले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा