विश्वका एक दर्जन बढी देशका कम्युनिस्ट नेताहरु काठमाडौंमा भेला हुँदै

विश्वका एक दर्जन बढी देशका कम्युनिस्ट नेताहरु काठमाडौंमा भेला हुने भएका छन् । महान दार्शनिक कार्ल माक्र्सको द्धिशतवार्षिर्की अन्तर्राष्ट्रिय सम्मेलन कमिटीको आयोजनामा विश्वभरका कम्युनिस्ट पार्टीका नेताहरु नेपाल आउन लागेका हुन् ।

कार्ल माक्र्स जन्मिएको २ सय वर्ष पुगेको तथा कम्युनिस्ट घोषणापत्र लेखिएको १७० वर्ष पुगेको उपलक्ष्यमा नेपाल कम्युनिस्ट पार्टी र नेकपा मसालले सो सम्मेलन आयोजना गर्न लागेका हुन् । जेठ १६ र १७ गते काठमाडौंमा हुने सम्मेलनमा १२ देशका कम्युनिस्ट पार्टीले भाग लिँदैछन् ।

सम्मेलनमा चीन, भियतनाम, उत्तर कोरिया र लाओसका सत्तारुढ कम्युनिस्ट पार्टीको सहभागिता रहने सोमबार आयोजित पत्रकार सम्मेलनमा समितिका संयोजक माधवकुमार नेपालले जानकारी दिए । यसका साथै अष्ट्रेलिया, बंगलादेश, श्रीलंका, दक्षिण अफ्रिका , रसिया, भारत, जापान लगायतका देशका कम्युनिस्ट पार्टीका नेता सम्मेलनमा सहभागी हुनेछन् ।

नेपालको सत्तारुढ कम्युनिस्ट पार्टी नै सम्मेलनका आयोजक रहेको सम्मेलनमा एशियाका सबै सत्तारुढ कम्युनिस्ट पार्टीका नेता सहभागी हुँदैछन् ।

एसियामा चीन, उत्तर कोरिया, भियतनाम र लावसमा कम्युनिस्ट शासन छ । पछिल्लो पटक नेपालमा कम्युनिस्ट पार्टीको करीव २ तिहाई शक्ति सहितको शासन सन्चालन भइरहेको छ ।

कम्युनिस्टहरुको अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन् । सम्मेलनमा प्रत्येक देशका कम्युनिस्ट पार्टीका नेताले आआफ्नो देशका अनुभव आदान प्रदान गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ग्रीन आर्मीको वैधानिकताबारे सर्वोच्चद्वारा लिखित जवाफ माग

  काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

ओलीको अडान : ‘अहिले नेतृत्व छाड्दिनँ’

२०८३ साउन ३०, काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी कठिन परिस्थितिमा

मानव अधिकार आयोगले आरोपित ठहर गरेका व्यक्तिलाई चोख्याउन खोजिएको कांग्रेसको आरोप

काठमाडौं, साउन २० गते । नेपाली कांग्रेसले सरकारले मानव अधिकार आयोगबाट भदौ २३–२४ का घटनामा

रास्वपाद्वारा सात सदस्यीय सचिवालय गठन, बालेन्द्र शाह वरिष्ठ नेतामा मनोनित

काठमाडौं, १३ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सात सदस्यीय पार्टी सचिवालय गठन गरेको छ।

रास्वपाको अर्थ–राजनीतिक खाका सार्वजनिक : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्मका प्रस्ताव

चितवन, असार १० ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपालको शासकीय संरचना, राजनीतिक प्रणाली र