May 22, 2018

 वामदेव गौतमलाई  महत्वपुर्ण जिम्मेवारी दिने तयारी

काठमाडौँ । नेपाल नवनिर्माण महाअभियान नामक पुस्तक समेत प्रकाशित गरेर विकासमा विशेष चासो राख्न थालेका नेपाल कम्युनिष्ट पार्टीका नेता वामदेव गौतमले महत्वपुर्ण जिम्मेवारी पाउने भएका छन् । उनको चाहना र चासो बमोजिमको जिम्मेवारी नै सरकारले उनलाई दिन लागेको हो ।

प्रतिनिधिसभा निर्वाचनमा बर्दिया निर्वाचन क्षेत्रवाट पराजित भएका बामदेव अहिले भूमिका विहिन छन् । पार्टीमा समेत उनको औपचारीक जिम्मेवारी त्यस्तो केही छैन । तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रको एकिकरणको लागि महत्वपुर्ण जिम्मेवारी निभाएका वामदेव वर्दियावाट निर्वाचन हारेपछि उनी महत्वपुर्ण भुमिकाको खोजिमा थिए ।

उनको रुची अनुसारको विकास निर्माण प्राधिकरणको भुमिकामा प्रधानमन्त्री केपी शर्मा ओलीले गौतमलाई जिम्मा दिन लागेको बताइएको छ । सरकारले निकट भविष्यमै शक्तिशाली विकास निर्माण प्राधिकरण गठन गर्दैछ ।

गौतमको सोही रुचि बमोजिम प्रधानमन्त्री ओलीले कार्यकारी नेतृत्व दिने गरी प्राधिकरणको जिम्मेवारी दिन लागेका हुन् ।

ओलीसँगै पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि गौतमलाई प्राधिकरणको जिम्मेवारी दिन सहमत भएको स्रोतले बतायो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज

ओलीको अडान : ‘अहिले नेतृत्व छाड्दिनँ’

२०८३ साउन ३०, काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी कठिन परिस्थितिमा

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

सरकारी निवेदनमा अब एकरूप ढाँचा

  काठमाडौँ, साउन २७ गते । सरकारले सरकारी कार्यालयमा सेवाग्राहीले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता

सम्बन्धविच्छेदको मिलापत्र : मुद्दाको अन्त्य मात्र होइन, जिम्मेवार नयाँ जीवनको कानुनी सुरुवात

– अधिवक्ता तारानिधि पन्त नेपालमा सम्बन्धविच्छेदका घटना निरन्तर बढिरहेका छन्। केही दशकअघि समाजमा दुर्लभ मानिने

मानव अधिकार आयोगले आरोपित ठहर गरेका व्यक्तिलाई चोख्याउन खोजिएको कांग्रेसको आरोप

काठमाडौं, साउन २० गते । नेपाली कांग्रेसले सरकारले मानव अधिकार आयोगबाट भदौ २३–२४ का घटनामा