अाज पनि घट्यो नेप्से, अघिल्लो दिनभन्दा आधाको कारोबार

नयाँ वर्ष लागेयता नेप्से परिसूचक दोस्रोपल्ट घटेको छ । अघिल्लो दिन २७.६४ अंकले घटेको सेयर बजार परिसूचक  मंगलबार पनि १५.९९ अंकले ओरालो लागेको हो ।

2052967026B11

साताको तेस्रो दिन नेप्से परिसूचक नकारात्मक रहँदा अघिल्लो दिनभन्दा आधा कारोबार भयो । सोमबार डेढ अर्बको कारोबार भएका सेयर बजारमा मंगलबार सोहीदिनको परिसूचकको प्रभाव परेको हो ।

१० सय १० दशमलव ८५ अंकबाट सुरु भएको मंगलबारको बजारमा तीब्र उतारचढाव देखियो । यसदिन बजार खुल्नेवित्तिकै केही सुधार देखिएको बजार त्यसयता निरन्तर घटबढ गरिरह्यो । अन्ततः पछिल्लो पौने घण्टा तीब्र रुपमा घट्दै बजार १३ सय ९४ दशमलव ८६ अंकमा पुगेर सीमित भएको हो ।

अधिकांश लगानीकर्ता अघिल्लो दिन “प्रोफिट बुक” गरी आज निश्क्रिय हुँदा बजारमा कारोबार चाप घटेको जानकार बताउँछन् । अपेक्षा गरेअनुरुप बजार घटेको उनीहरु दावी गर्छन् ।

बजार बढेको बेला सेयर धनीहरु मौका कुरेर बस्नुको प्रभाव आजको बजारमा देखिएको लगानीकर्ता विवेक शर्माको दावी छ । बाह्रखरीसँग उनले भने, “यद्यपि बजार के हुन्छ भनेर कसैले अड्कल लगाउन सक्दैन । बजारको यो उतारचढावले कुन समूहको कम्पनीमा लगानी गर्ने दुविधा सिर्जना गरेको छ ।”

मंगलबारको बजारमा कारोबार रकम भने आधाले घटेको छ । अघिल्लो दिन १ अर्ब अर्ब ५२ करोड रुपैयाँको कारोबार भएकोमा यसदिन ७३ करोड ९२ लाख २२ हजार ५९ रुपैयाँको सेयर किनबेच भए । यसक्रममा १७० कम्पनीका १७ लाख १९ हजार ८ सय कित्ता सेयर खरिदविक्रि भए ।

नेप्से घट्दा मंगलबार “क” वर्गका कम्पनीहरुको कारोरबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि ३.४२ अंकले घटेर २९४.६२ अंकमा सिमित भएको छ ।

नेप्से घट्दा आज समूहगत परिसूचकतर्फ ट्रेडिङबाहेक सबै समूह नकारात्मक रहेका छन् । घट्नेमा विकास बैंक समूह सबैभन्दा धेरै १.६८ प्रतिशत घट्यो । अंकका आधारमा बीमा समूह सर्वाधिक ७६ (१.०४ प्रतिशत) अंकले ओरालो लाग्दा बैंक र वित्त समूह पनि १ प्रतिशतले घटे । यसदिन ३९ कम्पनीका सेयरधनीलाई मात्र बजार फलदायी बन्यो । बढ्नेमा नेसनल फाइनान्सका लगानीकर्ताले ६.५३ प्रतिशत कमाए भने एभरेस्ट कम्पनीको सेयर मूल्य ५.९९ प्रतिशतले बढ्यो ।

सोमबार ३ कम्पनीका सेयरधनीले ५ प्रतिशतभन्दा बढी सेयरमूल्य गुमाए । घट्नेमा सांग्रिरा विकास बैंकको सेयर मूल्य ५.३६ तथा प्रोग्रेसिभ फाइनान्स र कनकाई विकास बैंकको पनि सेयर मूल्य ५/५ प्रतिशतले घट्यो ।

यसदिन सेन्चुरी कमर्सिएल बैंकको सेयर खरिदविक्री उच्च रह्यो । यसदिन बैंकका १ लाख ३९ हजार ३९९ कित्ता सेयर ३ सय ९८ कारोबारमार्फत् २ करोड ७६ लाख ३ रुपैयाँमा खरिदविक्री भए । चालू आवको वित्तीय विवरणमा बैंकको नाफा सतप्रतिशतले बढेको खबरले यसदिन बैंकको सेयरमा लगानीकर्ता झुम्मिए । बैंकको सेयर दिनभन्दा ३ रुपैयाँ सस्तोमा पाइएको थियो । यही कारण बैंकको सेयरको उच्च कारोबार भएको जानकारहरुको दावी छ ।
यसदिन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी, नेपाल बैंकलगायत अन्य ६ कम्पनीको पनि २ करोडभन्दा बढीको कारोबार भयो ।
नेप्से घट्दा यसदिन बजार पुँजीकरण १६ खर्ब ३६ अर्ब ८० करोडमा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

झिनो अङ्कले घट्यो नेप्से

फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।

मिटरब्याजी तथा सहकारी ठग राजकुमार श्रेष्ठ पक्राउ

 कात्तिक २८ ,काठमाडौं । सहकारी ठगीका अभियुक्त तथा खुंखार मिटरब्याजी राजकुमार श्रेष्ठ पक्राउ परेका छन्

आइएमई ग्रुपद्वारा प्रधानमन्त्रीलाई डेढ करोडको चेक हस्तान्तरण

काठमाडौँ, कात्तिक २१  गते । आइएमई ग्रुप तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले जाजरकोट

नक्कली भ्याट बिल बनाउनेलाई सतप्रतिशत जरिमाना

 कार्तिक ०२, २०८० | काठमाडौं । सर्वोच्च अदालतले नक्कली भ्याट बिल निर्माण गरी राजस्व छल्नेमाथि

नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि

कात्तिक १, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको छ । नेप्से

नेपाल–कोरिया उडानमा प्राधिकरण नै बाधक

आश्विन २६, काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले दक्षिण कोरिया सिधा